बिर्तामोडका रामले नेपाललाई स्वर्ण पदक दिलाए

0
688

बिर्तामोड,
झापाको बिर्तामोड – ४ निवासी राम दाहालले ६० केजी तौल समूहमा प्रतिष्पर्धा गर्दै शारीरिक सुगठन तर्फ नेपाललाई स्वर्ण पदक दिलाउनुभएको छ ।
संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना भएको विश्व च्याम्पियनसीप प्रतियोगितामा नेपाललगायत ९० मुलुकका खेलाडीले प्रतिष्पर्धा गरेका थिए । जसमा वडी ग्यारेजका सञ्चालक समेत रहनु भएका बिर्तामोडका राम दाहालले नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो ।
सन् २०१३ मा हङ्कङमा भएको एशियन खेलकूद प्रतियोगितामा शारीरिक सुगठनको ६० केजी तौल समूहमा रजतपदक जितेर उहाँले अन्तरराष्ट्रिय ख्यातिको शुरुआत गर्नुभएको थियो ।
उहाँले सन् २०१५ र सन् २०१८ मा भएको साफ खेलकूदमा ६० केजी तौल समूहमा स्वर्णपदक जित्नुभएको थियो । देशभित्र आयोजना हुने गरेका अधिकांश राष्ट्रिय प्रतियोगितामा उहाँ पहिलो हुँदै आउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here