विर्तामोड ।
पूर्वाञ्चल लिटल स्टार सिजन २ को उपाधी झापा बिर्तामोड ५ कि रोजिका सिटौलाले हात पारेकी छिन् । साइमन फिल्मस् एण्ड इन्टरटेन्टमेन्ट मुम्बईको प्रस्तुती रहेको राठी केवल पूर्वाञ्चल लिटल स्टार सिजन २ को बिर्तामोडमा भएको फाइनल प्रतियोगितामा ४५ जना बालबालिकाहरुलाई पछि पार्दै कञ्चनजंघा मावि बिर्तामोडमा कक्षा ८ मा अध्ययनरत् सिटौलाले उपाधी हात पारेकी हुन् ।
भिप्रा एडभरटाइजिङ एण्ड मिडिया बिर्तामोड र गुरुकुल म्युजिक एण्ड डान्स सेन्टर बिर्तामोडले आयोजना गरेको प्रतियोगितामा उपाधी विजेता सिटौलाले उपाधीसहित नगद ५१ हजार ,ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गरिन् । सिटौलाले मस्ट डिसिप्लेनको उपाधि समेत हात पारिन् ।
त्यस्तै प्रतियोगितामा फस्ट रनरअप झापा बिर्तामोड ४ कि युनिसा राई भइन् । अबाकस इङ्लिस वोर्डिङ स्कूल बिर्तामोडमा कक्षा ४ मा अध्ययनरत् राईले उपाधीसहित नगद २१ हजार ,ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गरिन् । राईले वेस्ट स्माइलको उपाधि समेत हात पारिन् ।
त्यस्तै प्रतियोगितामा सेकेण्ड रनरअप झापा मेचिनगर नगरपालिका १० धुलावारी कि प्रेक्षा कठेत भइन् । इष्ट होराइजन अंग्रेजी माविमा अबाकस इङ्लिस वोर्डिङ स्कूल धुलावारीमा कक्षा ७ मा अध्ययनरत् कठेतले उपाधीसहित नगद १५ हजार ,ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गरिन् । कठेतले मिस कन्फीडेन्टको उपाधि समेत हात पारिन् ।
प्रतियोगिताको निर्णायकहरुमा श्याम राठी, निश्चल पालिखे , सपना राजवंशी,र रोनक वंशल रहेका थिए । यसअघि भएको वन्द प्रशिक्षणमा सहभागी बालबालिकाहरुलाई पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला , सूर्योदय टेलिभिजनका दिपेन भेटवाल , राजु धमला लगायतले प्रशिक्षण दिएका थिए ।
प्रतियोगिताको कोरियोग्राफर आशिमा दुतराज , शिल्पा राजवंशी, सपना राजवंशी , विपना राजवंशीले गरेका थिए । प्रतियोगितामा सहभागि बालबालिकाहरुलाई सहभागि गराएर कभर म्युजिक भिडियो निर्माण गरिएको थियो ।
साइमन फिल्मस् एण्ड इन्टरटेन्टमेन्ट मुम्बईका प्रमुख साइमन राजवशीको अध्यक्षता तथा सांसद विमला विकको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
यसैबीच प्रतियोगिताका विजेताहरुलाई एक कार्यक्रम गरी सेलेव्रेसन पार्टी तथा नगद हस्तान्तरण गरिएको छ । कार्यक्रममा साइमन फिल्मस् एण्ड इन्टरटेन्टमेन्ट मुम्बईका प्रमुख साइमन राजवशी, मिस राजवंशीकी मिस व्युटीफूल रविना राजवंशी , पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला लगायतले नगद हस्तान्तरण गर्नुका साथै शुभकामना दिएका थिए ।
कार्यक्रममा प्रतियोगिताका विजेताहरुले उपाधीले आफूहरुलाई थप उर्जा दिएको बताएका थिए ।
कार्यक्रमको सञ्चालन क्रिस्टीना गिरी र विरेन्द्रकुमार शाहले गरेका थिए ।


























