नवदुर्गामा नवनिर्मित आकियो स्मृति भवनको उद्घाटन

0
911

अर्जुनधारा ।

झापाको अर्जुनधारा–४ रातेखालस्थित नवदुर्गा आधारभुत विद्यालयमा नवनिर्मित आकियो स्मृति भवन नम्बर ११को सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरी हस्तान्तरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा उक्त भवनको दाता जापानी नागरिकद्धय कोतारो इनोउए र यासिरो इनोउएले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

जापानमा रहेको संस्था जापान योङ टीम अफ ह्युमन पाउर र झापाको चन्द्रगढीमा रहेको घनश्याम स्मृति प्रतिष्ठानको समन्वयमा नवनिर्मित भवनको जम्मा लागत ४९ लाख रुपैयाँ रहेको प्रतिष्ठानका सदस्य राजिव खनालले बताए ।

दाताद्धय इनोउएले भाइ आकियोको स्मृतिमा गत जेठ १४ गतेबाट निर्माण शुरु भई पाँच महिनामा निर्माण कार्य सम्पन्न भएको एक तले भवनमा चार वटा कोठाहरु रहेका छन् । कार्यक्रममा जापान टीम अफ ह्युमन पाउरका प्रतिनिधि यामाओका, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, प्याब्सन नगरका अध्यक्ष रुद्रप्रसाद सिटौला, शिक्षक अभिभावक संघका संयोजक अमर कटुवाललगायतको आतिथ्यता रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद खतिवडाले विद्यालयको गतिविधिसहित स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विद्यार्थीहरुले नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक तोया ओलीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here