बिर्तामोड।

पछिल्लो समय सेक्युरिटी गार्डमा युवाको आकर्षण बढेको छ । काम गर्न हुने सहजता र आकर्षक सेवा–सुविधाका कारण सेक्युरिटी गार्डमा युवाको आकर्षण बढेको हो ।
पढ्दै काम गर्न पाइने भएका कारण पनि पढाईको सिलसिलामा झापा आउने युवा–युवती पनि सेक्युरिटी गार्डमा काम गर्न लालयीत हुने बताउँछन् सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालि बिर्तामोडका प्रबन्ध निर्देशक विजय बस्नेत ।
यिनै मध्येकी एक हुन् ताप्लेजुङकी रीता दर्जी । ताप्लेजुङबाट पढ्ने तथा काम गर्ने सिलसिलामा झापा आएकी रीताले सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालि बिर्तामोडमा १५ महिना सेक्युरिटी गार्डमा जागीर खाइन् । सेभेन स्टारमा सेक्युरिटी गार्डमा कार्यरत् रहँदै गर्दा उनी नेपाली सेनाले लिएको छनौट परीक्षा समेत उत्तीर्ण सफल भइन् । सानैदेखि देशको सेवा गर्ने लक्ष्य लिएकी उनले अहिले त्यो सपना पूरा भएको बताइन् ।
सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालिले बिर्तामोडमा आयोजना गरेको विदाइ तथा सम्मान कार्यक्रममा उनले भनिन्– ‘अब एक कुशल सैनिक बनेर देशको सेवा गर्छु ।’ त्यस्तै इलाम जीतपुरका बुद्धवीर मगर पनि अध्ययन कै सिलसिलामा झापा बिर्तामोड आए । बिर्तामोडमा रहेको कनकाई क्याम्पसमा अध्ययनरत् रहँदा उनी सेभेन स्टारमा सेक्युरिटी गार्डमा भर्ना भए । पढ्नका लागि खर्चको अभाव भएपछि उनी सेभेन स्टारमा सेक्युरिटी गार्डमा काम गर्न थालेको बताउँछन् ।
दुई महिनाअघि सेभेन स्टारमा सेक्युरिटी गार्डमा कार्यरत् रहँदै गर्दा उनी नेपाली सेनाले लिएको छनौट परीक्षा समेत उत्तीर्ण गर्न सफल भए । सानैदेखि देशको सेवा गर्ने लक्ष्य लिएका उनी अहिले त्यो सपना पूरा भएको बताउँछन् ।
सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालिले बिर्तामोडमा आयोजना गरेको विदाइ तथा सम्मान कार्यक्रममा उनले भने– ‘आज मैले पाएको सफलताको श्रेय सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालिलाई दिन चाहन्छु । सायद सेभेन स्टारले सेक्युरिटी गार्डमा काम गर्न नदिएको भए म सैनिक हुन पाउने थिइन होला ।’ सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालिले बिर्तामोडमा एक कार्यक्रम गरी उनीहरुलाई सम्मानसहित विदाइ गरेको हो ।
कार्यक्रममा सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालि बिर्तामोडका प्रवन्ध निर्देशक विजय बस्नेत, सञ्चालक मोहनविक्रम मल्ल, सेक्युरीटी अफिसर चन्द्र आले मगर, सुपर भाइजर कृष्ण गौतम, पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला, सञ्चारकर्मी उमेश राउत लगायतले अवीर, पुष्पगुच्छा, खादा र मायाको चिनो दिएर सम्मानसहित विदाइ गरेका थिए ।
काठमाडौं, झापा, पोखरा र बटवलमा शाखा सञ्चालन गरेर पाँच सयभन्दा बढी सेक्युरिटी गार्ड उत्पादन गरेको प्रवन्ध निर्देशक बस्नेतले बताए ।































