बिर्तामोड। 
झापाको बाह्रदशी– ६ कञ्चनगढधाम साधुकुटीस्थित गौरीशंकर गायत्रीस्वरुपाश्रम एवम् गौरीशंकर गायत्रीस्वरुप गुरुकुलमा आइतबारबाट श्रीमद् आनन्द रामायण नवाह धान्याचल विराट ज्ञान महायज्ञ शुरु भएको छ ।
गौरीशंकर गायत्रीस्वरुपाश्रम कञ्चनगढधाम साधुकुटीको २०औं वार्षिकोत्सव तथा गौरीशंकर गायत्रीस्वरुप गुरुकुलको १२औं वार्षिक कार्यक्रम अन्तरगत आयोजित उक्त महायज्ञको उद्घाटन झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देनले गरेका थिए ।
निर्माणाधीन सत्संग भवनको निर्माण सम्पन्न गर्ने, गुरुकुल विद्यालयलाई महाविद्यालयको रुपमा विकसित गर्ने, कञ्चनगढ गौरीशंकर शिवालय मन्दिरको पुननिर्माण गर्ने, गौशाला एवम् पाकशाला निर्माण सम्पन्न गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको संस्थाका अध्यक्ष ज्ञानु सुवेदीले बताए । महायज्ञ आयोजक समितिका अध्यक्ष होममणि दाहालको अध्यक्षता तथा झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष ज्ञानु सुवेदीले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सांसद लिङ्देनले प्राचीन ऐतिहासिक प्रशिद्ध तिर्थस्थल कञ्चनगढधाम साधुकुटीलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आफू लागीपर्ने बताउँदै निर्माणाधीन सत्संग भवनको निर्माण सम्पन्न गर्न १० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।
कार्यक्रममा बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष रत्नाकुमारी राजवंशी, वडा नं. ६ का वडाध्यक्ष रत्नप्रकाश योङहाङ, महर्षी वैदिक फाउण्डेशनका निरीक्षक केशवप्रसाद खतिवडा, शंकराचार्य पीठ साधुटारका आचार्य छन्दुराम भण्डारी, संस्थाका पूर्व अध्यक्षहरु मधुराम पनेरु, पशुपति संग्रौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कञ्चनगढ एजुकेशन फाउण्डेशनका विद्यार्थीद्वय सक्सेस वेडारी र अनुजा श्रेष्ठले हिन्दू धर्म संस्कार र धार्मिक ग्रन्थ गीताको महत्वका वारेमा प्रवचन दिएका थिए ।
सोही कार्यक्रम अन्तर्गत प्रतियोगितात्मक सांस्कृतिक नृत्य गरिएको थियो । प्रतियोगितामा बाह्रदशी गाउँपालिका र बिर्तामोड–२ का ११ वटा विद्यालयका विद्यार्थीले मौलिक कला संस्कृति जोगाउने नृत्य प्रस्तुत गरेका थिए । यसअघि महायज्ञस्थलबाट शुरु भएको शोभायात्राले बाहंदशीका विभिन्न स्थानहरुको परिक्रमा गरेको थियो ।
आइतबारबाट शुरु भएको श्रीमद् आनन्द रामायण नवाह धान्याञ्चल विराट ज्ञान महायज्ञको प्रमुख कथावाचन शंकराचार्य पीठ साधुटारका आचार्य छन्दुराम भण्डारी र पाठ पारायण आचार्य मनोज खतिवडाले गरिरहेको बताइएको छ ।
आगामी मंसीर ९ गतेसम्म सञ्चालन हुने महायज्ञ अन्तरगत पूजा, आरती, पाठ पारायण, श्रीराम कथा प्रवचन, सत्संग भजन कीर्तन गरिने र ८ गते साझ दिप प्रज्ज्वलन, श्रृंगार आरती गर्नुका साथै ९ गते सामुहिक सतबिजारोपण गरी महायज्ञ समापन गरिने बताइएको छ ।
यसैबीच आगामी मंसीर ५ गतेदेखि कञ्चन जलढाला धार्मिक मेला आयोजना गरिने संस्थाका अध्यक्ष ज्ञानु सुवेदीले जानकारी दिए । मंसीर ९ गतेसम्म सञ्चालन हुने मेलामा विविध सामग्रीहरु प्रदर्शन गरिने र शिवजीलाई जल चढाउने कार्यक्रम रहेको उनले बताए । कार्यक्रमको सञ्चालन संस्थाका सदस्य धर्मप्रसाद चापागाईंले गरेका थिए ।
































यस कार्यक्रमको सांगितिक पाटोमा आचरण खुस्किएको दुर्गन्धित व्यक्तिलाई राखिएको हुदा धेरै व्यक्तिलाई नकारात्मक असर गरेको बुझेको छु, आगामि दिनमा सामाजिक तथा आचरण पनि ख्याल गरेर पात्र छनौट गरियोस भन्ने धारणा