बिर्तामोड।

वीरता लेडी जेसिज र लायन्स क्लव अफ बिर्तामोड लेडीको संयुक्त आयोजनामा बिर्तामोडमा लागूऔषध दुव्र्यसनविरुद्ध चेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वीरता लेडी जेसीजकी अध्यक्ष सरु भुर्तेल खनाल र लायन्स क्लव अफ बिर्तामोड लेडीकी अध्यक्ष उर्मिला विमली खरेलको संयुक्त अध्यक्षता तथा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा वीरता लेडी जेसीजकी उपाध्यक्ष मञ्जु दाहाल न्यौपानेले आस्था वाचन र राष्ट्रिय झण्डाको अभिवादन वाचन सीता खरेलले गरेका थिए ।
कार्यक्रममा इनरह्वील क्लव बिर्तामोडकी अध्यक्ष भूमिका पोखरेल, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी, लाइफ लाइन हेल्पगु्रपका प्रोगाम कोअर्डिनेटर अर्जुन संग्रौला, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली, एबीसी नेपालकी अध्यक्ष कञ्चना ढकाल सिटौला, संस्थाकी पूर्व अध्यक्ष राधा सुब्बा लगायतले शुभकामना राखेका थिए ।
कार्यक्रममा सहभागीलाई नार्काेनन् नेपालका प्रमुख वशन्तराज कँुवरले लागूऔषध दुव्र्यसनले निम्त्याउने समस्या र त्यसको निराकणबारे जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीकी महासचिव सुष्मा भण्डारीले गरेकी थिइन् ।































