मेचीनगरमा कुपोषण सम्बन्धि कार्यक्रम

0
1084

मेचीनगर ।

मेचिनगरको आम्दा स्थित मलाहा टोलमा कुपोषण सम्बन्धि कार्यक्रम मंगलबार सम्पन्न भएको छ । ईष्ट होराइजन मा. वि. कक्षा ९ का विद्यार्थीहरुले विट्रिस काउन्सीलद्वारा संञ्चालित इन्टरनेशनल स्कुल अवार्ड कार्यक्रम अन्तर्गत १ दिने कुपोषण सम्बन्धि कार्यक्रम सम्पन्न भएको हो ।

आम्दाको मलाहा बस्तीमा स्थानिय बासिन्दाहरुलाई कुपोषण कसरी हुन्छ यसबाट बच्नका लागी अपनाउनु पर्ने खानपान शैलीबारे विद्यार्थीहरुले जानकारी दिएका थिए । विद्यार्थीहरुले कुपोषण शीर्षकमा आफुहरुले परियोजना चलाइरहदा पिछडिएको मलाहा समुदाय माझ उक्त कार्यक्रम गरेको हुन ।

आइ.एस.ए. समन्वय शिक्षक नविन दाहाल, प्लस टु कोअडिनेटर रेखा क्षेत्री र शिक्षक विकास ग्वालको र शिक्षक महेस खडकाको सहयोगमा विद्यार्थीहरुले कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले अण्डा, दुध र पाउरोटी लगायतका खाद्ययन्न सामाग्री वितरण गर्दै कुपोषणबाट बाच्नका लागी उमेर अनुसार पौष्टिक आहारको आवश्यकता बारे जानकारी समेत गराएका थिए ।

आइ.एस.ए. अन्तर्गत विद्यार्थीहरुले हाल १० वटा शिर्षकमा परियोजना चलाईरहेका र परियोजना गरिरहदा विद्यार्थीहरुमा समुदाय प्रतिको चासो बढेको र व्यवहारीक शिक्षा, जीवन उपयोगी शिक्षा हासिल गरिरहेको होराइजनका प्रिन्सिपल संञ्जीव राईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here