नेपाल भारत सीमा सुरक्षा बैठक पोखरामा

0
423

पोखरा,

नेपाल भारतको सीमा सुरक्षा बैठक पोखराको दोबिल्लामा रहेको माउन्ट ग्लोरी रिसोर्टमा शुरु भएको छ। आजबाट सुरू भएको बैठक तीन दिनसम्म चलनेछ।

बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट सीमा सुरक्षा बलका डीआइजी कुमार राजेशचन्द्रले टोलीको नेतृत्व रहेकाे छ।

नेपालको टोलीमा आइजीपीको नेतृत्वमा एआइजी पुष्पराम केसी, नारायणबाबु थापा, रामशरण पौडेल, डीआइजीहरु बाबुराम पाण्डे, सुरज श्रेष्ठ, चिरन्जीवी अधिकारी, नगेन्द्र थापा, गोविन्द क्षेत्री, राजु अर्याल, नारायणदत्त पौडेलको साथमा गृहका उपसचिव, परराष्ट्र मन्त्रालयका प्रतिनिधी, नेपाल प्रहरीका डिआइजी दानसिङ बोहरा छन्।

बैठकमा नेपालका तर्फबाट दश र भारतका तर्फबाट छ जनाको सहभागिता रहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक बाबुराम पाण्डेले  जानकारी दिए।

‘बैठकमा सीमामा हुने अपराध, सीमा सुरक्षा गस्ती लगायतको विषयमा छलफल हुनेछ,’ उनले भने, ‘यो कुनै पूर्वनिर्धारित र वार्षिक कार्यक्रम हो।’ उनले अहिलेको सीमा विवाद बारे छलफल हुने नहुनेबारे बोल्न चाहेनन्।-थाहा खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here