ब्रह्माकुमारी राजयोग चन्द्रगढीको रजत महोत्सव

0
1311

बिर्तामोड ,

ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र चन्द्रगढीको रजत जयन्तीको अवसरमा सात दिवसीय विविध कार्यक्रम गरिएको छ ।

ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र नेपालकी निर्देशक राजयोगिनी ब्रह्माकुमारी राजदादीको अध्यक्षता तथा अनन्तश्री विभूषित नेपालकै प्रथम महिला जगत्गुरु शंकराचार्य हेमानन्द गिरीजी महाराजको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र चन्द्रगढीकी सञ्चालिका ब्रह्माकुमारी शान्ता दिदीले स्वागत गरेकी थिइन् ।

कार्यक्रमअघि विभिन्न झाँकीसहित शुरु भएको शान्ति पदयात्राले भद्रपुर नगरपालिका परिक्रमा गरेको थियो । कार्यक्रममा प्रदेश सांसद वशन्त बानियाँ, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ लगायतले सकारात्मक सोच निर्माण गर्दै आदर्शवान समाज निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा ‘विश्व एक परिवार हो’ नामक नाटक प्रस्तुत गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा अनन्तश्री विभूषित नेपालकै प्रथम महिला जगत्गुरु शंकराचार्य हेमानन्द गिरीजी महाराज र ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र नेपालकी निर्देशक राजयोगिनी ब्रह्माकुमारी राजदादीलाई अभिनन्दन गरिएको ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र बिर्तामोडकी सञ्चालिका ब्रह्माकुमारी पूर्णिमा दिदीले जानकारी दिइन् ।

रजत जयन्तीको अवसरमा मोटरसाइकल ¥याली, तनाव मुक्त जीवनशैली, जीवन जिउने कला सम्बन्धी राजयोग शिविर, स्वास्थ्य जनचेतना कार्यक्रम, रक्तदान लगायतका कार्यक्रम गरिएको उनले बताइन् । कार्यक्रमको सञ्चालन ब्रह्माकुमारी कविता दिदी र रुक्मा दिदीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here