प्रदेश सभा सदस्य र नगर सभापतिबीच कुटाकुट

0
876

वीरगन्ज ।

प्रदेश नम्बर २ का नेपाली कांग्रेसका प्रदेश सभा सदस्य  र वीरगन्ज महानगरपालिकाका नगर सभापतिबीच कुटाकुट भएको छ ।

आज बिहान आदर्शनगरको एउटा चिया पसलमा प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा र वीरगन्ज महानगरपालिकाका नगर सभापति भोला कलवारबीच कुटाकुट भएको हो ।

शर्मा र कलवारबीच कुटाकुट गर्नुको कारण भने थाहा भएको छैन् । पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले  भने उनीहरुबीच भएको झगडाको बिषयमा आधिकारीक जानकारी नपाइएको बताएका छन् ।

झगडापछि घाइते भएको दुबैजनाले नारायणी अञ्चल अस्पतालमा उपचार गराएका छन् ।  नगर सभापति कलवारको मुखमा बढी चोट लागेकाले उनलाई नारायणी अस्पतालबाट थप उपचारकालागि काठमाडौं लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here