वीरगन्ज ।

प्रदेश नम्बर २ का नेपाली कांग्रेसका प्रदेश सभा सदस्य र वीरगन्ज महानगरपालिकाका नगर सभापतिबीच कुटाकुट भएको छ ।
आज बिहान आदर्शनगरको एउटा चिया पसलमा प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा र वीरगन्ज महानगरपालिकाका नगर सभापति भोला कलवारबीच कुटाकुट भएको हो ।
शर्मा र कलवारबीच कुटाकुट गर्नुको कारण भने थाहा भएको छैन् । पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले भने उनीहरुबीच भएको झगडाको बिषयमा आधिकारीक जानकारी नपाइएको बताएका छन् ।
झगडापछि घाइते भएको दुबैजनाले नारायणी अञ्चल अस्पतालमा उपचार गराएका छन् । नगर सभापति कलवारको मुखमा बढी चोट लागेकाले उनलाई नारायणी अस्पतालबाट थप उपचारकालागि काठमाडौं लगिएको छ ।


























