प्रहरीको सर्वाधिक खोजीमा रहेका अर्जुन तामाङ पक्रउ

0
694

मेचीनगर ।

प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका साविक झापा डाँगीवारी गाविस ७ का ५० वर्षीय अर्जुन तामाङलाई झापा प्रहरीले मंगलबार पक्राउ गरेको छ । तामाङ विरुद्घ आधा दर्जन ठगी तथा ३ वटा जवरजस्ती मुद्घ दर्ता भएको छ ।

संगीता योङहाङ, रंगमाया धिमाल, देवीप्रसाद कोइराला, छत्रमाया श्रेष्ठ, सन्जा चौधरी समेतको ठगी मुद्घा तथा पदमबहादुर लिम्बु, कृष्णबहादुर लिम्बुलगायतको जाहेरीले जवरजस्ती चोरी मुद्घामा झापा जिल्ला अदालतको २०७१ जेठ २८ गतेको फैसला बमोजिम तामाङलाई नौ वर्ष ६ महिना १२ दिन कैद तथा ८ लाख १६ हजार १ सय ७० रुपैयाँ ५० पैसा जरीवाना हुने ठहर गरेको थियो ।

तामाङले मुद्घा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा बसेर २ महिना २४ दिन कैद भुक्तान गरेपनि झापा जिल्ला अदालतमा उनको नाममा ९ वर्ष ३ महिना १८ दिन तथा ८ लाख १६ हजार १ सय ७० रुपैयाँ ५० पैसाको लगत बेरुजु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो ।

यहि अवस्थामा सर्वाेच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयद्वारा गठित झापा जिल्ला अदालतको असूल तहसिल सम्बन्धि पूर्णकालिन दस्तद्वारा प्रतिवादी तामाङलाई मंगलबार प्रतिवेदनका साथ दाखिला गरेको थियो । बेरुजु कैद ९ वर्ष ३ महिना १८ दिन र ८ लाख १६ हजार १ सय ७० रुपैयाँ ५० पैसा वापतमा मंगलबारबाटै लागू हुने गरी निज प्रतिवादीलाई नियमअनुसार निजले पाउने सिधा खर्च र अन्य सुविधा उपलब्ध गराएर कैदमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here