सताक्षीधाममा कोटिहोम नगद भेटी एक करोड नाघ्यो

0
920

विनोद सापकोटा/ झापा ।

झापाको सताक्षीधाममा संचालित सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोममा बुधबार देखी भक्तजनको अप्रत्यासित भिड लाग्न थालेको छ । बुधबार मात्र ४० हजार भन्दा वढी तीर्थालु कोटिहोममा सहभागी भएको आयोजकले दावी गर्यो ।

बर्षको एक दिन बालाचर्तुदशीमा मात्र धार्मिक मेला लाग्ने सताक्षीधामको यो भिडलाई आयोजकले अप्रत्यासीत भिड भन्दै खुसी व्यक्त गर्यो । कोटिहोममा मुलुकका ५३ जिल्लाका विभिन्न धर्मका अनुयायीको सहभागिता रहेको छ । ५ वर्ष देखी धार्मिक अनुष्ठान हुन थालेको सताक्षीधाममा पछिल्ला वर्षदेखी विदेशबाट पनि तिर्थयात्रीको आवगमन हुन थालेको छ ।

सताक्षीधाममा कोटिहोमको परिकल्पना गर्ने गोलोक गोवद्र्धन गौसाला पिठका पिठाधिस आचार्य नन्दकिसोर भारद्धाजले सताक्षीधाम देवभुमी भएकोले यहाँ कोटिहोमको आयोजना भएको बताए । यो कार्यक्रमले पर्यटन भ्रमण वर्ष २०२०को तिव्र प्रचार भएको पनि उनले उल्लेख गरे । ‘ हामीले भक्तजनबाट यस्तो साथ हुन्छ भन्ने सोचेका थिएनौ । तर, दिनदिनै हजारौ भक्तजनको संख्या थपिन थालेपछि हामी नतमस्तक भएका छौ ’ आचार्य भारद्धाजले भने ।

मंगलबार सम्ममा ७५ लाख भेटी संकलन भएको थियो । वुधबार सातौ दिन सम्ममा १ करोड ८ लाख भेटी संकलन भएको छ । वुधबार मात्र ३३ लाख रुपैयाँ भेटी संकलन भएको सचिवालले जनाएको छ । महोत्सव मुल आयोजक समारोह समिति का सदस्य सचिव डिल्ली नेपालका अनुसार हाल सम्म १ करोड ८ लाख बढि भेटी प्राप्त भएको हो । यो भेटी जिन्सी सामाग्री वाहेकको हो ।

महायज्ञमा कम्तिमा ५० क्वीन्टल घान र ४० क्वीन्टल चालम समेत संकलन भएको छ । महायज्ञ आयोजक समितिका अनुसार हाल सम्म ५ लाख वढी भक्तजनले कोटिहोममा भाग लिएका छन । झापा निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधी सभाका सदस्य राजेन्द्र लिङ्गदेनले सर्वसाधरणमा हिन्दु धर्म प्रति मोह जागेको बताए । सताक्षीधामको तिर्थालुको यो भिड जहात्यही भेटिदैन । उनले भने, सताक्षीधाम लाई भुगोलले साँघुरो बनाएपनी फराकिलो सोच भएका धर्मालम्वीको भिडले उत्साह थपिदिएको छ ।’

गोलोक गोर्वधन गौशालाको संम्र्बधन तथा सताक्षीधाम क्षेत्रको पूर्वाधार बिकाशकालागि आर्थिक सहयोग जुटाउने उदेश्यले अयोजना गरिएको कार्तिक २७ देखी संचालनभएको हो । महायज्ञमा दैनिक कथा प्रबचन ब्राहमणहरुद्धारा हवन तथा सन्ध्याकालिन गंगा आरती समेत हुदै आएको छ । महाआरतीमा सर्वसाधरणको भिड लाग्ने गरेको आयोजक समितिका अध्यक्ष सोम पोर्तेलले बताए ।

महोत्सवमा श्रीमद् देवी भागवत कथा महोत्सवपनि भईरहेको छ । १३ दिवसिय १०८ कुण्डीय कोटिहोमको १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले कार्तिक २७ गते उद्धघाटन गरेका थिए । आयोजक समितिको सुचना डेक्सका अनुसार हालसम्म नेपाल संगै भारत, भुटान, स्कटलेण्ड, सिंगापुर, अमेरिका, वंगलादेश लगायत मुलुकबाट समेत उलेख्य रुपमा भक्तजनहरुको उपस्थिती रहदै आएको महायज्ञ मुल आयोजक समितिले जनाएको ।

दशौलाख भक्तजनहरुको उपस्थिती रहने अपेक्षागरिएको महायज्ञमा ३ करोड खर्चको अनुमान गरेको छ भने ५ करोड भेटी संकलन गर्ने लक्ष्य राखीएको आयोजकले जनाएको छ । महायज्ञको यहि मंसिर ९ गते बालाचर्तुदशीका दिन बैदिक विधिअनुसार भब्यरुपमा समापन गरिने गोलोक गोर्बधन गौशालाका संरक्षक नन्दकिशोर भारद्धाजले जानकारी दिए ।

सताक्षीधाममा ५ वर्ष यता धेरै स्थायी प्रकृतीका संरचना निर्माण भएका छन । ति मध्ये केही देवालय रहेको छ । गौसाला निर्माण भएपछी यी संरचना निर्माण भएको स्थानीयले बताएका छन । गौको बास स्थान (गोठ), द्वादश ज्योर्ती लिङ्ग भगवान श्री पशुपतिनाथको मन्दिर निर्माण भएको स्थानीयले बताएका छन । श्रीहरी वेद संस्कृत विद्यालय, साकम्बरी सताक्षीमाताको मन्दिर, गौशालाको गाईका लागि चिकित्सालय , दैनिक हवन कुण्ड , सन्त निवास ,प्रशोधन सहितको गौ अर्क उत्पादन, बेल प्रजातिको वनस्पतिको जुस, राम दरबार लगायतका संरचना निर्माण भएका छन ।

यस्तै अनुमान मन्दिर, सतासीधाम परिसरभित्र ५० फिट ग्रावेल सडक, नाला , गौतम बुद्ध पार्क, वनभोज स्थल स्थानान्तरण , अतिथि गृह, तिर्थयात्री बिसौनी कक्ष, विद्युत , १०० घनमिटरको गोवरग्यास प्लान, दिगम्बेश्वर महादेव परिसरमा सिँढी निर्माण सताक्षीधाम आउने आगन्तुकलाई निःशुल्क भोजनका लागि अन्नपूर्ण भण्डार निर्माण भएको छ । एक स्थानीयले यो सवै गौसाला स्थापना पछी निर्माण भएका हुन । स्थानीयबासी भन्छन सताक्षीधाम सन्तले बनाएका हुन । यसमा राज्य कोषको केहि रकम खर्च भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here