प्रधानमन्त्री ओलीद्धारा २१ महिनापछि मन्त्रिपरिषद पुनर्गठन, आज नयाँ मन्त्रीहरुको सपथ

0
1100

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । पूनर्गठित मन्त्रिपरिषद्मा छ मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् भने छ मन्त्री र तीन राज्यमन्त्रीलाई विदाइ गरिएको छ । दुई मन्त्रीहरुको जिम्मेवारी फेरबदल गरिएको छ ।

थपिएका नयाँं मन्त्रीहरुमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा हृदयश त्रिपाठी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा वसन्त नेम्वाङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा पार्वत गुरुङ, कृषि तथा पशुपन्क्षी घनश्याम भुषाल र उद्योग,वाणिज्य तथा आपू्र्ति मन्त्रीमा लेखराज भट्ट छन् ।

त्यसैगरी मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामवीर मानन्धरलाई शहरी विकास राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ । उपप्रधानमन्त्री उपेन्द्र यादवले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालय भानुभक्त ढकाललाई सुम्पिएको छ भने उनलाई कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यस्तै पदमुक्त गरिएकाहरुमा कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका यादव र भौतिक पूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, कृषिराज्यमन्त्री रामकुमारी चौधरी छन् ।

प्रधानमन्त्री ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषदको नामाबली राष्ट्रपति कार्यालयले बुधबार राति विज्ञप्ति जारी गरेर सार्वजनिक गरेको हो । नयाँ मन्त्रीको शपथ ग्रहण कार्यक्रम आजै हुने जनाइएको छ । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन ३ मा सरकार गठन गरेको २१ महिनापछि पहिलो पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन ।-इमजेखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here