रोटरीद्वारा विद्यालयलाई प्रोजेक्टर

0
556

भद्रपुर।

रोटरी क्लव अफ भद्रपुर र रोक्ट्रयाक्ट क्लव अफ भद्रपुरले भद्रपुर–८ स्थित पृथ्वी आधारभूत विद्यालयलाई प्रोजेक्टर प्रदान गरेको छ ।

रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष टीकाराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले प्रोजेक्टर र कक्षाकोठाको उद्घाटन गरेका थिए । सो विद्यालयलाई रोटरी क्लव अफ भद्रपुरले अभिभावकत्व प्रदान गर्दै वर्षेनि शैक्षिक सामग्री, विद्यार्थीलाई पोशाक, भौतिक संरचना निर्माणमा सहयोग पुर्याउँदै आएको बताइएको छ ।

कार्यक्रममा रोटरी क्लवका डिस्ट्रिक्ट गभर्नर कुमार गिरी, भद्रपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष गौरब सुब्बा, भद्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख उद्धव बिष्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीला घिमिरे, प्रधानाध्यापक नवकुमार राय लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

रोटरीका डिस्ट्रिक्ट गभर्नर गिरीले बालबालिकाको क्षेत्रमा अन्तर्राष्ट्रिय रोटरीले उल्लेखनीय सहयोग पुर्याउँदै आएको बताउँदै सहयोगको सदुपयोग गर्न विद्यालयलाई आग्रह गरे । यसपटक रोटरीले पृथ्वी आधारभूत विद्यालयलाई प्रोजेक्टर र कक्षाकोठा व्यवस्थापनमा एक लाख रुपैयाँभन्दा बढीको सहयोग पुर्याएको अध्यक्ष ढकालले बताए ।

कार्यक्रममा रोटरीका पूर्व अध्यक्षहरु राजकुमार पोखरेल, दीपेश ढकाल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन रोट्रयाक्ट क्लव अफ भद्रपुरका सचिव सुमित मण्डलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here