सुरुङ्गा ।
कनकाईनगरपालिका–५ स्थित भगवती आधारभूत विद्यालय चप्रामारीको अध्यक्षमा पुनःओमप्रसाद पाठक चयनभएका छन् ।
बिहीबार विद्यालयमाभएको अभिभावक भेलाबाट सर्वसम्मत गठित समितिमा मानबहादुर शाशंखर, रीताशाह, विष्णु पौडेल र सुनिता लकान्द्री सदस्यमा चयन भएका छन् ।
वडा अध्यक्ष कृष्णबहादुर राई पदेन सदस्य हुने भएकाले उक्त पाँच सदस्यको बैठकले चन्दादाताहरु मध्येबाट निर्मला सेलवाल र शिक्षाप्रेमी मध्येबाट ओमप्रसाद पाठकलाई मनोनित गरेको थियो ।
शिक्षकप्रतिनिधि रामकुमार पाठक भएका छन् । उक्त समितिको बैठकले ओमप्रसाद पाठक लाई अध्यक्षमाचयन गरेको थियो । समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद बिमली रहेका छन् ।
यसैगरी उक्त भेलाले गणेश सिटौलाको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघको गठन गरेको छ । सदस्यहरुमा ख्याम लकान्द्री, कल्पना दास, पुष्पा सिन्च्युरी, कुल ब. कटुवाल, विष्णुमाया पाठक, सुष्मिता राई, सीता सोरेन, राजेन्द्रप्रसाद भण्डारी, पदेन सदस्यमावि.व्य.स को अध्यक्ष र सदस्य सचिवमा खड्गप्रसाद बिमली रहेका छन् ।
विद्यालयका पूर्वअध्यक्ष डिल्लीराम सेलवालको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ ।































