शनिश्चरे बहुमुखी क्याम्पसमा स्ववियुको स्वागत

0
1254

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७मा रहेको शनिश्चरे बहुमुखी क्याम्पसमा चालु शैक्षिक वर्षमा अध्धयन गर्न आउने नव आगन्तुक विद्यार्थीहरुलाई लक्षित गरी स्वतन्त्र विद्यार्थी युनियनले बिहीबार स्वागत तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

युनियनका सभापति इशान पौड्याल “सञ्जिव”को अध्यक्षता र क्याम्पस सञ्चालन समितिका अध्यक्ष सरोजकुमार ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य विद्यार्थी पुरुषोत्तम पौड्यालले गरेका थिए ।

नव आगन्तुक विद्यार्थीहरुलाई अविर लगाई स्वागत गरिएको कार्यक्रममा वडाध्यक्ष नवराम ढुंगाना “नविन”, क्याम्पस प्रमुख मोहनकुमार ओली, सहायक क्याम्पस प्रमुख कृष्णबहादुर थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा–८का वडाध्यक्ष गोपीचन्द्र गौतम, शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शंकर सुवेदी, नेपाल रेडक्रस सोसाइटी शनिश्चरे उपशाखाका सभापति पूण्यप्रसाद भट्टराई, अर्जुनधारा प्रेस क्बलका उपाध्यक्ष रमेश समदर्शी, क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष हेमराज खरेल, क्याम्पस भूतपुर्व विद्यार्थी मञ्चका अध्यक्ष अमितकुमार साङपाङ राईलगायतको आतिथ्यता रहेको थियो ।

सांस्कृतिक कार्यक्रम अन्र्तगत विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेको औपचारिक कार्यक्रमको सञ्चालन सुरज राजवंशीले र सांस्कृतिक कार्यक्रमको सञ्चालन पुरुषोत्तम पौड्यालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here