सैनामैना नगरपालिकाका सडकको सर्वे शुरु

0
425

खस्यौली,

रुपन्देहीको सैनामैना नगरपालिकामा रहेका सडकको सर्वे शुरु भएको छ ।

सडक विभागका पूर्वनिर्देशक गम्भीर श्रेष्ठको नेतृत्वमा सडक विभागका पूर्वनिर्देशक भोजबहादुर ढकाल, इन्जिनीयरद्वय आशिष पौडेल र सुयोग्य केसी तथा नगरपालिकाका योजना शाखा प्रमुख सुरज न्यौपाने लगायतको टोलीले बिहीबारदेखि सर्वे शुरु गरेको हो ।

नगरप्रमुख चित्रबहादुर कार्कीले सर्वेक्षणबाट नगरमा रहेका विभिन्न सडकको अवस्था जानकारी हुने र सडकमा गर्नुपर्ने आवश्यक मर्मतसम्भार र योजना बनाउनसमेत सहज हुने बताउनुभयो । नगरपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले नगरको यातायात क्षेत्रको दीर्घकालीन विकास गर्ने योजनाअनुसार नगरभित्र रहेका बाटोको सर्वेक्षणले आगामी दिनमा थप योजना बनाउन सहज हुने बताउनुभयो ।

सडक विभागका पूर्वनिर्देशक श्रेष्ठले स्थानीय सडकको सूची तयार गर्ने, सडकको शुरु र अन्तिम अवस्था पत्ता लगाउने, सडकको नाम, अवस्था, लम्बाइ, चौडाइ, कल्भर्ट, पुलको वास्तविक अवस्था लगायतका विषयमा सर्वेक्षण गरिने बताउनुभयो ।

सैनामैना नगरपालिकामा रहेको विभिन्न मुख्य तथा भित्री १५ वटा महत्वपूर्ण सडकको अहिले सर्वेक्षण गरिने नगर योजना शाखाप्रमुख सुरज न्यौपानेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here