विपद् व्यवस्थापनसम्बन्धी कोष स्थापना

0
833

बैतडी,

दशरथचन्द नगरपालिकाले विपद् व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गरेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा विपद्बाट प्रभावित नागरिकलाई सहयोग पु¥याउन चालू आर्थिक वर्षमा रु २५ लाखको आकस्मिक कोष स्थापना गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले विपद् व्यवस्थापन योजना बनाएर कोषको स्थापना गरेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विपद् व्यवस्थापनका लागि नगरस्तरीय विपद् व्यवस्थापन समिति र वडास्तरीय विपद् व्यवस्थापन समितिलाई समेत सक्रिय बनाइएको छ ।”

दशरथचन्द नगरपालिकामा विपद् जोखिम न्यूनीकरणका लागि युनिसेफको सहयोगमा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले पनि कार्यक्रम सञ्चालन गरिरहेको छ ।

दशरथचन्द नगरपालिकाले विपद् जोखिम न्यूनीकरण क्षेत्रमा थुपै्र काम गरेको रेडक्रसका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताउनुभयोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here