मेचीनगर नगरपालिकाद्वारा दुईसय बढीलाई अपाङ्गता परिचय पत्र वितरण

0
596

लक्ष्मी उप्रेती / मेचीनगर,

मेचीनगर नगरपालिकाले अपाङ्गता भएको व्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५ अनुसार २ सय ३१ जनालाई परिचय पत्र वितरण गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को अधिकार प्रयोग गरी र मेचीनगर नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्नै ऐन २०७५ को वुदाँ ४ बमोजिम अपाङ्गता भएको व्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५ जारी गरेको छ ।

नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ तथा संयुक्त राष्ट्र संघले पारित गरी नेपाल सरकारले हस्ताक्षर समेत गरिसकेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि महासन्धि २००६ को उद्देश्य, मर्म र भावना बमोजिम अपाङ्गता भएको व्यक्तिहरुको परिचय पत्र वितरण कार्य विधि अन्तर्गत नगरपालिकाले यो कार्यविधि तयार गरेको हो ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ को दफा ४२ अनुसार अपाङ्गता परिचय पत्र वितरण गर्ने समेत कार्यका लागि प्रत्येक नगरपालिकामा स्थानीय समन्वय समिति रहने गरेको नगरपालिकाले जनाएका छ । समितिको संयोजकमा नगरपालिकाका उप्रमुख संयोजक रहने प्रावधान छ ।

नगरपालिका उपप्रमुख तथा स्थानीय समन्वय समिति संयोजक मीना पोखरेल उप्रेतीका अनुसार विभिन्न प्रकारका अपाङ्गता भएका नेपाली नागरिकहरुको पहिचान गरी उनीहरुलाई सेवा सुविधामा पहुँच स्थापित गर्न, त्यस्ता सेवा सुविधाहरुको लागि योजना निर्माण गर्न स्थानीय तह देखिनै विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुको वर्गाीकृत लगत राख्न सहज तुल्याउने, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बनिध अन्तर्राष्ट्रिय महासनिध २००६ मा नेपाल सरकारले जनाएको प्रतिवद्घता बमोजिम अपाङ्गता भएका व्यक्तिलाई प्राथमितकाको आधारमा सेवा सुविधाहरु उपलब्ध गराउन सहज बनाउन र अपाङ्गताको प्रकृति, वर्गीकरण र आस्थाका आधारमा अपाङ्गता भएका व्यक्तिले पाउने सेवा सुविधा र अवसरको प्राथमिकीकरण गर्न सहयोग गर्ने कार्यविधिको उद्देश्य रहेको हो ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐनको अनुसूचीमा प्रकृतिका आधारमा अपाङ्गतालाई १० प्रकारमा वर्गाीकरण गरिएको छ । अपाङ्गताभएको व्यक्तिको अधिकार सम्बन्धि ऐनको अनुसूचीमा उल्लेखित गाम्भीर्यताका आधारमा गरिएको अपाङ्गताको वर्गीकरण गरी चारसमूहका परिचय पत्र नगरपालिकाले वितरण गरेको संयोजक उप्रेतीको भनाई छ ।

परिचय पत्र वितरण मापदण्ड अनुसार नगरपालिकाले पूर्ण अशक्त अपाङ्गता भएका ७६ जनालाई रातो, अतिअशक्त अपाङ्गता भएका १ सय ३ जनालाई नीलो, मध्यम अपाङ्गता भएका ४० जनालाई पहेलो र सामान्य अपाङ्गता भएका १२ जना सेतो गरी कुल २ सय ३१ वटा परिचय पत्र प्रदान गरेको हो । तर, सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत पूर्ण अशक्त अपाङ्गता र अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई मासीक क्रमस ३ हजार र १ हजार ६ सय रुपैयाँ भक्ता वितरण गर्ने छ ।

यसैगरी तीनै खालका ५३ वटा परिचय पत्र नविकरण गरेको महिला विकास शाखाकी महिला विकास निरीक्षक जयन्ती खरेल लम्सालले जानकारी दिईन् । नगरपालिकाको महिला विकास शाखा प्रमुख स्थानीय समन्वय समितिको सदस्य रहने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here