इटहरी ।

स्वतन्त्र रूपमा पत्रकारीता गर्दै आएका सुनसरिका क्रियाशिल पत्रकारहरूको संगठन स्वतन्त्र पत्रकार संघ सुनसरीले शुक्रबार इटहरीमा पहिलो बैठक सम्पन्न गरेको छ ।
बैठकमा तत्काल इटहरीमा कार्यालय स्थापना गर्ने , बैंक खाता सञ्चालनमा ल्याउने , सदस्यता बृद्धि लगायत बिषयहरूमा छलफल गरी निर्णय गरेको छ । इटहरीको बिराटनगर रोडस्थित पाथिभरा होटलको सभाहलमा आयोजित स्वतन्त्र पत्रकारहरूको भेलाले रिक्त रहेका पदहरू पनि पुरा गरेको छ ।
जस अनुसार कोषाध्यक्षमा इनरूवाका पत्रकार नशिम अन्सारी , सदस्यहरूमा दुहबिका राम प्रशाद आचार्य र सञ्ज्य चौधरीलाइ चयन गरिएको छ ।
त्यसैगरी भेलाले सुनसरी जिल्ला प्रसाशन कार्यालयमा आफ्नो संस्थालाइ सुचिकृत गराउने र जिल्लाका १२ ओटै स्थानीयतहहरूमा पुगेर परिचयात्मक कार्यक्रमहरू गर्ने जस्ता निर्णय गरेको छ । भेलाले कुनैपनि राजनीतिकदलमा आवद्ध नभएका स्वन्तत्र रूपमा पत्रकारीता गर्दै आएका पत्रकारहरूलार्इ समेटेर अघि बढने निर्णय समेत गरेको छ ।
संघका अध्यक्ष खगेन्द्र कार्किको सभापतित्वमा सम्पन्न पहिलो बैठकमा केन्द्रिय कोषाध्यक्ष सालिग्राम पाण्डे , केन्द्रिय सदस्य मोहन ढकाल , प्रेम पुरी र १४ जना कार्यसमितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।































