निलडेबिड ब्रिलियर साइन्स हेयरको ब्राण्ड एम्बासडर

0
784

बिर्तामोड ।

नेपालका हेयरस्टाइलिष्ट निलडेबिड कटुवाल ब्रिलियर साइन्स हेयर एण्ड ब्युटी प्रोडक्टको ब्राण्ड एम्बासडर बनेका छन् ।
भारतको गुजरात अहम्दावादमा उत्पादन गरेको ब्रिलियर साइन्स हेयर एण्ड ब्युटी प्रोडक्टको नेपालमा विक्री प्रवद्र्धन गर्ने उद्धेश्यले हेयरस्टाइलिष्ट निलडेबिड कटुवाललाई ब्राण्ड एम्बासडर चयन गरेको कम्पनीले जनाएको छ ।

ब्रिलियर साइन्स हेयर एण्ड ब्युटी प्रोडक्टको नेपालका लागी आधिकारिक डिलर डेल्टा मार्र्केिटङले ब्रिलियर साइन्स हेयर एण्ड ब्युटी प्रोडक्ट नेपालमा भित्रया्एको डेल्टा मार्र्केिटङका सिइओ हेमन्त निरौलाले जानकारी दिए ।

उनले ग्राहकको माग र उत्पादनको गुणस्तरलाई मध्यनजर गर्दै ब्रिलियर साइन्स हेयर एण्ड ब्युटी प्रोडक्ट नेपालमा भित्र्या्एको जानकारी दिए । उनले ब्रिलियर साइन्स हेयर एण्ड ब्युटी प्रोडक्टलाई नेपालमा विक्री प्रवद्र्धन गर्ने उद्धेश्यले हेयरस्टाइलिष्ट निलडेबिड कटुवाललाई ब्राण्ड एम्बासडर बनाएको बताए ।

ब्रिलियर साइन्स हेयर एण्ड ब्युटी प्रोडक्टको नेपालका लागी आधिकारिक डिलर डेल्टा मार्र्केिटङका सिइओ हेमन्त निरौला र हेयरस्टाइलिष्ट निलडेबिड कटुवालबीच ब्राण्ड एम्बासडर बनाउने सम्झौतामा हस्ताक्षर भएको थियो ।

आगामी दुई वर्षका लागी ब्राण्ड एम्बासडर बन्न पाएकोमा हेयरस्टाइलिष्ट निलडेबिडले खुसी व्यक्त गरेका छन् । उनले ब्रिलियर साइन्स हेयर एण्ड ब्युटी प्रोडक्ट राम्रो र गुणस्तरीय भएको बताउँदै नेपाल तथा भारतमा आफूले सञ्चालन गरेका हेयर सलुन र एकेडेमीमा यसको प्रयोग गरिने उनले बताए ।

कम्पनीले उत्पादनको प्रवर्द्धनका लागि निल डेभिडलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । डेभिडले ब्रिलियर साइन्स हेयर एण्ड ब्युटी प्रोडक्टको ब्राण्ड एम्बासडर बन्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here