वाह्रदशी गाउँपालिकामा विज्ञान प्रर्दशनी

0
523

बिर्तामोड,
वाह्रदशी गाउँपालिका शिक्षा युवा तथा खेलककुद शाखाले आज विज्ञान प्रर्दशनी गरेको छ । वालवालिकामा रहेको अन्न्तरनिहीत प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले पालिका स्तरीय विज्ञा प्रर्दशनी सहित नृत र लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको हो ।


गाउँपालिका भित्र रहेका ३० वटा सामुदायिक र संस्थागत विद्यालयले प्रर्दशनीमा भाग लिएका लिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानवहादुर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तहगत रुपमा प्रतियोगितात्मक नृत्य भएको छ । कक्षा १– ५, कक्षा १– ८ र माध्यमिक तह गरी तीन तहमा विद्यार्थी – विद्यार्थीबीच प्रतिष्पर्धा गराइएको हो ।
कार्यक्रमको उद्घाटन वाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले गर्नुभएको थियो । सो समारोहमा गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद दाहाल लगायतले बोल्नुभएको थियो ।
वाह्रदशी गाउँपालिकाको सामाजिक विकास समिति संयोजक अमित राजवंशीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन गौरीशंकर माध्यमिक विद्यालयका शिक्षक लोचनकुमार गुरागाईले गर्नुभएको थियो ।


कार्यक्रममाा विज्ञान प्रर्दशनी आधारभूत तह १– ५ तर्फ वाल्मीकि इङ्लिस स्कूल, प्रथम, द्वितीय जनता आधारभूत विद्यालय र तृतीय पशुपति आाधारभूत विद्यालय भएका छन् । आधारभूत तर्फकै ६–८ तर्फ मिनी माउण्टेन प्रथम, राम नगर आधारभूत द्वितीय र भगवती आधारभूत तृतीय भए ।
मावि तर्फ गौरीशंकर मावि डाँगीवारी प्रथम, फूलवारी मावि द्वितीय र पञ्चमणि मावि तृतीय घोषित भए ।
लोक नृत्य तर्फ १– ५ तर्फ आरम्भ शिक्षा सदन प्रथम, वाल्मीकि दोस्रो र न्यू ज्ञानज्ज्योति ततेस्रो भए ।
आधारभूत तर्फकै ६– ८ तर्फ जनविकास प्रथम, राम नगर दोस्रो र मिनी माउण्टेन तृतीय भएका छन् ।
यता मावि तर्फ नमूना प्रथम, ज्ञानज्योति दोस्रो र दिब्यज्योति तेस्रो भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here