१५० खेलाडीको ग्रेडबृद्धि

0
647

अर्जुनधारा।

तङ इल मो–दो संघ नेपाल जिल्ला कार्यसमिति झापाले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडीलाई सम्मानसहित बेल्ड प्रदान गरेको छ ।

शनिबार अर्जुनधारा–८स्थित स्वस्तीका शिशु सदन माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा एक सय ५० जना खेलाडिलाई प्रमोशन गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो ।

खेलाडीको क्षमता र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका मोरङ सचिव लोकबहादुर गिरीले जानकारी दिए ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रम संस्थाका केन्द्रीय सदस्य राजेन्द्र मूर्ति पन्तको अध्यक्षतामा भएको थियो । विद्यालयका निर्देशक बसन्त श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन लोकबहादुर गिरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here