झापा।
पछिल्लो समय झापाका बिभिन्न क्षेत्र जुवा खालको रुपमा बिकसित हुँदै गएको छ । गत कात्तिक महिनामात्र जिल्ला प्रहरी कार्यालय झापाले १७ जना जुवाले पक्राउ गरि मुद्धा चलाए पनि जुवा खेल्न रोकिएको छैन ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएपी महेन्द्रकुमार श्रेष्ठले झापा प्रहरी जुवा नियन्त्रण अभियानमा नै रहेको बताउनुभयो । श्रेष्ठका अनुसार गत महिना १७ जना जुवाडे भद्रपुरबाट २ लाख ६३ हजार रुपैयाँ सहित पक्राउ परेका थिए ।
प्रहरीका केही व्यक्तिलाई पभावमा परेर झापाको बिर्तामोड, धाइजन, भद्रपुर, धुलावारी, अर्नुधारा र मोरङको पूर्वमंगलवारे, उर्लाबारी, पथरी, अमरदह क्षेत्रमा दैनिक जुवाको खाल चल्लने गरेको स्रोतले बतायो । प्रहरीको आँखा छल्न जुवाडेले दैनिक स्थान परिर्वन गरेर खेल्ने गरेका छन् । झापा र मोरङका जुवाडेहरु भेला भएर दैनिक करोडौ रुपैयाँको खेल खेल्ने स्रोतले बतायो ।
एक जुवाडेले नाम गोप्य राख्ने सर्तमा भने ‘प्रहरीलाई सेटिङ मिलाएका छौ, कहिले काँहि सेटिङ नमिल्दा फुलबडी ट्रकमा पाल टाँगेर भित्रै खेल्दै कोशी व्यारेजसम्म पुगेर फर्कन्छौ ।’ उनका अनुसार झापा र मोरङको कुनै एक ठाउँमा दैनिक खेल हुन्छ कहाँ खेल्ने भन्ने कुरा त्यही दिनमात्र फोनबाट फिक्स गरेर भेला हुन्छौ ।






























