साहित्यकारद्वय ढुंगेल र संग्रौलालाई सम्मान

0
891

बिर्तामोड ।

महिला चेतना सञ्जालले एक कार्यक्रमका बीच दुई श्रष्टालाई सम्मान गरेको छ ।  महिला चेतना सञ्जाल साहित्यिक समितिको आयोजनामा मेचिनगर धुलाबारी माबिको सभाहलमा भएको कार्यक्रममा साहित्यकारद्वय भगवती ढुंगेल र मात्रिका संग्रौलालाई सम्मान गरिएको हो ।

महिला चेतना सञ्जालकी ज्येष्ठ सदस्य गोमा सुवेदीको अध्यक्षता तथा प्राज्ञ सभा सदस्य सुभद्रा अर्याल भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक मुना रानाले स्वागत तथा औचित्यमाथी प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष मिरा काफ्ले पोख्रेलले संस्थाको विगत वर्तमान स्थिति बारे र संस्थाकी अध्यक्ष नमुना निरौलाले भावि योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साहित्यकार भगवती ढुंगेल र साहित्यकार एवम् मुरलीवादक मात्रिका संग्रौलालाई सम्मान गरिएको थियो । उनीहरुलाई साहित्य, कलाको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा भारतीय साहित्यकारहरु कृष्ण प्रधान , युवराज काफ्ले, तेजराज खतिवडा , विनोद खनाल , हरि रिमाल , नुरज भट्टराई , मायामितु न्यौपाने, खिलु खनाल, सरस्वती सिटौला , श्रीसा चौधरी, सुमित्रा शिवाकोटी , दिपा भण्डारी , संगिता थापा लगायतले शुभकामना मन्तव्यसहित रचना वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव अमृता चौलागाईंले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here