राजवंशीको मृत्युपछि विमा वापतको पाँचलाख रुपैयाँ प्रदान

0
670

बिर्तामोड, रिलायवल लाईफ इन्स्योेरेन्स कम्पनी लिमिटेडमा जीवन विमा गरेका कचनकवल – ७ निवासी एक व्यक्तिको मृत्यु भएपछि उनको परिवारलाई विमा वापतको रकम प्रदान गरिएको छ ।


विमा गरेको पहिलो किस्ता मात्रै तिरेका कचनकवल– ७ निवासी सूर्यनारायण राजवंशीको मृत्यु भएपछि उनको परिवारलाई विमा वापतको पाँच लाख रुपैयाँ प्रदान गरिएको हो ।
गाउँपालिका उपाध्यक्षा निमसरी राजवंशीको प्रमुख आतिथ्यमा विमा वापतको रकम प्रदान गरिएको नेपाली कांग्रेस ट्रड युनियन क्षेत्र नम्वर ३ का सभापति संञ्जिव प्रधानले जानकारी दिए ।
एक्सल डेभलवमेन्ट वैंकमा ऋण लिएका राजवंशीको केही समय अघि निधन भएको थियो । पहिलो किस्ता तिरे लगत्तै उनको मृत्यु भएपनि विमा वापतको रकम हस्तान्तरण गरिएको बताइएको छ ।
रकम हस्तान्तरण काार्यक्रममा कचनकवल गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष भरत राजवंशी, नेपाली कांग्रेस क्षेत्र नम्वर ३ का सचिव गीता प्रसाद भट्टराई, एक्सल डेभलपमेन्ट वैंक कचनकवलका शाखा प्रवन्धक राजन ढकाल, रिलायवल लाइफ इन्स्योरेन्सका बिर्तामोड शाखा प्रवन्धक तैफिक आलमम सेख, कचनकवल शाखा प्रवन्धधक पदममवहादुर श्रेष्ठ प्रेम भण्डारी, सुर्दशन दाहाल, भुपाल घिमिरे लगायतको आिितथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here