बिर्तामोड।
बिर्तामोड–भद्रपुर सडकखण्ड निर्माण कार्यले गति लिने भएको छ ।
सडक निर्माणमा ढिलाइ गरेको भन्दै निर्माण व्यवसायी राजकिशोर गुप्तासँगको ठेक्का तोड्दै बिर्तामोडका व्यवसायी केदार गिरीलाई बिर्तामोड–भद्रपुर सडकखण्डको ठेक्का दिइसँगै सडक निर्माणले गति लिने भएको हो ।
काठमाडौंस्थित आशिष–प्रेरा जेभीले पेटी कन्ट्याक्टमा गुप्तालाई बिर्तामोड–भद्रपुर सडक खण्डको निर्माण कार्यको ठेक्का दिए पनि सडक निर्माणमा लापरवाही गरेको भन्दै चर्काे आलोचना भएपछि कन्ट्रक्सनका प्रमुख विकास मल्लले बिर्तामोडका व्यवसायी गिरीलाई ठेक्का दिएका हुन् । ठेक्का पाए लगत्तै कञ्चन निर्माण सेवाले आइतवारबाटै बिर्तामोड–भद्रपुर सडकखण्डको निर्माण कार्य शुरु गरेको छ ।
२०७५ असार २४ निर्माणको सम्झौता गरेको कम्पनीले २७ करोड रुपैयाँको लागतमा ठेक्का लिएर कन्ट्याक्टमार्फत काम गराउँदै आएको छ । सम्झौता अनुसार काम सम्पन्न गर्ने समय झण्डै दुई महिना मात्र बाँकी छ । तर, कामले गति नलिएपछि ठेक्का तोड्दै निर्माण व्यवसायी गिरीलाई सडक निर्माणको जिम्मा लिइएको बताइएको छ ।































