इटहरी,
इटहरी उपमहानगरपालिकाको आयोेजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज प्रभातफेरी कार्यक्रमको आयोजना गरी शुुरुआत गरिएको छ ।
इटहरी नगरपालिकाको प्रवेशद्वारबाट शुुुरु गरिएकोे सो प्रभातफेरी कार्यक्रमको नेतृत्व नगर उपप्रमुख लक्ष्मी गौतमले गर्नुुभएको थियो ।
प्र्रभातफेरी कार्यक्रममा होटल व्यवसायी सङ्घ, नेपाल प्रहरी महिला सञ्जाल तथा विभिन्न कलेज तथा सङ्घसंस्थाको सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम बजार परिक्रमा गरी नगरपालिकामा आएर सभामा परिणत भएको थियो ।






























