अर्जुनधारामा लैङ्गिक तथा महिला हिंसा विरुद्ध १६ दिने अभियान शुरु

0
2415

बिर्तामोड ।

मानव अधिकार समुह अर्जुनधारा नगर समितिले लैङ्गिक तथा महिला हिंसा विरुद्ध १६ दिने अभियान शुरु गरेको छ ।

समितिले सोमवारदेखि शुरु गरेको अभियानमा व्यानरमा हस्ताक्षर संकलन गरेको हो । १६ दिनसम्म चल्ने अभियानमा हस्ताक्षर संकलन गरी अन्तिम दिन नगरमा बुझाउने मानव अधिकार समुहकी सदस्य सुशिला गिरीले जानकारी दिइन् ।

मानव अधिकार समुह अर्जुनधाराका अध्यक्ष चन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगर उपप्रमुख कमला खतिवडा आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

स्वागत समुहकी सदस्य गिरीले गरेको कार्यक्रममा नगरका महिला वालबालिका शाखा प्रमुख सुमित मगरको समेत सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन समुहका सचिव विष्णु आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here