लागुऔषध चरेससहित पक्राउ

0
264

रुकुमपूर्व, 

लागुऔषध चरेससहित यहाँ दुई युवक पक्राउ परेका छन् ।

उनीहरुलाई दुई किलो ५०० ग्राम अवैध लागुऔषधसहित भूमे गाउँपालिका–४ धौलापहिराबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भूमे–३ क्याङ्सीका २७ वर्षीय तारा रोका र वडा नं ६ महतका १६ वर्षीय तिलक पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।

चरेस झोलामा लुकाइछिपाई बोकेर हिँडिरहेका अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली परिचालन गरी पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here