झापामा संयोजक मुक्ति, सहसंयोजक टीकाराम

0
1088

झापा।

प्रेस संगठन नेपालले सांगठनिक एकताका बाँकी कामलाई अन्तिम रुप दिएसँगै संगठनको झापा जिल्ला संयोजकको जिम्मेवारी मुक्ति पौडेलले पाएका छन् ।

साविकका प्रेस चौतारी र प्रेस सेन्टरबीचको एकता प्रक्रिया टुंगिएसँगै निर्माण भएको संगठन झापाको संयोजक बनेका पौडेल साविक प्रेस चौतारीका जिल्ला अध्यक्ष हुन् ।

उनी काँकरभिट्टाबाट प्रकाशित हुँदै आएको जन–संसद् दैनिकमा सम्पादकका रुपमा कार्यरत् छन् । त्यस्तै, संगठनको जिल्ला सहसंयोजकमा साविक प्रेस सेन्टरका जिल्ला अध्यक्ष टीकाराम उप्रेती चयन भएका छन् । उप्रेती झापा पोष्ट दैनिकका सम्पादक हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकतापछि तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई नयाँ संगठन गठन गरिएको हो । दुई संगठनबीच एकता भएको लामो समयपछि आइतबार केन्द्रीय कमिटीको संख्या, केन्द्रीय सदस्य, आयोग, प्रदेश समितिका इञ्चार्ज, संयोजक र सहसंयोजक तथा जिल्ला संयोजक र सहसंयोजकको टुङ्गो लगाइएको हो । साविक चौतारीबाट १ सय २४ र सेन्टरबाट १ सय ९ गरी केन्द्रीय कमिटीको संख्या २ सय ३५ सदस्यीय कायम गरिएको छ ।

विधान अनुसार भौगोलिक र गैरभौगोलिक गरी १० वटा प्रदेश समिति निर्माण गरिएको छ, जसमा सात भौगोलिक, उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर) तथा प्रतिष्ठान र एसोसियट प्रदेश छन् । भौगोलिक संरचना अनुसारका ७७ जिल्ला कमिटी निर्माण गरिएको छ । प्रदेशमा आबद्ध प्रतिष्ठान शाखा र एशोसियट प्रतिष्ठानमा आबद्ध शाखा जिल्ला कमिटी सरह हुनेछन् ।

नेकपा सचिवालयले संगठनको संयोजक र सह–संयोजकमा क्रमशः महेश्वर दाहाल र गणेश बस्नेतलाई यसअघि नै तोकेको थियो । नयाँ जिम्मेवारी अनुसार १ नम्बर प्रदेश इञ्चार्जमा लीलाराज भट्टराई तोकिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here