विद्यार्थीलाई ग्रेड वृद्धि तालिम

0
469

बिर्तामोड,

विद्यार्थीलाई एसईई परीक्षामा ग्रेड वृद्धि गराउने उद्देश्यले झापाको बिर्तामोडमा ग्रेड वृद्धि सम्बन्धी तालिम प्रदान गरिएको छ ।

अक्सफोर्ड एकाडेमिक ट्रेनिङ सेन्टर बिर्तामोडको आयोजनामा भएको तालिममा झापाका पाँचवटा बिद्यालयका एक सय ५० भन्दा वढी विद्यार्थीको सहभागिता रहेको थियो । उनीहरुलाई काठमाडौं विश्वविद्यालयका प्रोफेसर सञ्जयकुमार पन्तले तालिम प्रदान गरेका थिए ।

तालिममा सहभागी विद्यार्थीलाई वैज्ञानिक अध्ययन विधि, स्मरण क्षमता वृद्धि गर्ने तरिका, हस्तलेखन सुधार गर्ने तरिकालगायतका वारेमा जानकारी गराएका थिए ।

कार्यक्रमको सहजीकरण अक्सफोर्ड एकाडेमिक टे«निङ सेन्टर बिर्तामोडका प्रवन्ध निर्देशक केशव मैनालीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here