बिर्तामोड।

शिखर बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–५ को नवौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष दीपेन्द्र राउतको अध्यक्षता तथा नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय अध्यक्ष डिवी बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सहसचिव तारा खतिवडाले स्वागत गरेका थिए ।
कार्यक्रममा भूमि तथा सहकारी मन्त्रालय प्रदेश नं. १ का सहकारी अधिकृत तोयानाथ तिम्सिना, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, एक्सेल डेभ्लपमेन्ट बैंकका सिइओ दिनेशराज पोखरेल, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली, लायन्स क्लव अफ बिर्तामोड लेडीकी अध्यक्ष उर्मिला विमली खरेल, इनरह्वील क्लवकी अध्यक्ष भूमिका पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बीएण्डसी हस्पिटल बिर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई सामाजिक सम्मान प्रदान गरिएको थियो । उक्त सम्मान हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले ग्रहण गरेका थिए ।
त्यस्तै शारीरिक सुगठनका गोल्डमेडलिष्ट रामबहादुर दाहाललाई उत्कृष्ठ खेलाडी सम्मान प्रदान गरिएको थियो भने मोडल तथा युवा व्यवसायी प्रणित पुडासैनी र सरोज खरेललाई क्रिएटिभ युथ अवार्ड प्रदान गरिएको थियो । त्यस्तै सुविज्ञा भट्टराई र शुसिला टुडूलाई उत्कृष्ठ कर्मचारीको रुपमा पुरस्कृत गरिएको थियो भने विभिन्न विधामा ३० जनाभन्दा बढीलाई सम्मान एवम् पुरस्कृत गरिएको थियो ।
कार्यक्रमका संस्थाका अध्यक्ष दीपेन्द्र राउतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर सदस्य सात हजार छ सय ६० जना, शेयर पुँजी चार करोड ४४ लाख आठ हजार छ सय, निक्षेप संकलन ४४ करोड ९२ लाख ४९ हजार पाँच सय ६७, कूल लगानी ४६ करोड चार लाख दुई हजार दुई सय ८८, आम्दानी सात करोड ९१ लाख एक सय १०, खर्च सात करोड १० लाख ९८ हजार चार सय ३५ र नाफा एक करोड ८१ हजार छ सय ७५, रहेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा हाँस्य कलाकार श्रीकृष्ण लुइँटेल बोकेदाह्री लगायतले सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा लेखा समितिका संयोजक अर्जुन चापागाईंले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले मोबाइल बैंकिङ, एसएमएस सेवा, सातै दिन दैनिक १२ घण्टा सेवा, सहुलियत दरमा स्वास्थ्य सेवासुविधा, सदस्य बिमा सुविधा, राहत कोष, घरायसी सामान खरिदमा बचत योजना, सदस्य कार्ड वितरण लगायत विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै आएको बताइएको छ । कार्यक्रमको सञ्चालन संस्थाका सचिव हिमालय प्रसाईंले गरेको व्यवस्थापक लीलानाथ रेग्मीले जानकारी दिए ।































