प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल

0
402

काठमाडौँ,

प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आज बिहान सो सेन्टरमा जानुभएको थियो । उहाँलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि चिकित्सकले शल्यक्रिया गरेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

शल्यक्रिया सफल भएको छ । उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारीलगायतका टोली संलग्न हुनुहुन्छ । चिकित्सकका अनुसार एपेन्डिसाइटिस भएमा जति सक्यो चाँडो यसको शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

यसअघि प्रधानमन्त्री ओलीको मिर्गाैलामा समस्या आएपछि डायलासिस गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here