शिवसताक्षीका डकर्मी नगरको पहिलो रोजाई

0
613

शिवसताक्षी ।

झापाको शिवसताक्षी नगर भित्र संचालन हुने निर्माणका हरेक आयोजनामा अव देखी स्थानीय डकर्मीले प्राथमिकताका आधारमा काम पाउने भएका छन । नगरको बेरोजगारी समस्या समाधान गर्न र बैदेशिक रोजगारका लागि पलायन हुने दक्ष डकर्मीलाई आफ्नै ठाउमा रोगगारी दिने उद्देश्यले यस्तो नियम बनाईने भएको हो ।

शिवसताक्षीनगरका डकर्मीलाई अझ जिम्वेवार र जानकार बनाउनका लागि मंगलबार देखी शुरु ७ दिने तालिमको उद्धघाटन गर्दे नगरका कार्यवहाक प्रमुख तथा नगरकार्यपालिकाका प्रमुख सचेतक कुलवहादुर बस्नेतले यस्तो कुरा खुलाएका हुन । उनले भने, अव देखी शिवसताक्षी नगरका डकर्मी ले नगर भित्रका सरकारी योजनाका विकास निर्माणका काममा प्राथमिकताका आधारमा काम पाउने छन ।

वडा नम्बर २ का वडा अध्यक्ष समेत रहेका थापाले भने, ‘नगर भित्रको वेरोजगारी समस्यालाई सम्बोधन गर्न र हरेक योजनाको प्रत्यक्ष अप्रत्यक्ष रुपमा अनुगमनका लागि नगरभित्रका डकर्मीलाई प्राथमिकताका आधारमा काम दिन लागिएको छ, जसका कारण कमसल निर्माण सामाग्री प्रयोग र अनियमिता हुने गरेको आरोपको समाधान पनि हुने छ ।’ थापाले भने,‘स्थानीय डकर्मीलाई आफ्नै गाउ, वडा र नगरका आयोजनामा काम गर्ने अवसर दिदा निर्माणमा हुने वेथिती र अनियमित चिटीङ्ग गर्ने ठेकेदारको बदमासी समेत बन्द हुने छ ।’

नगरकार्यपालिकाको आर्थीक सहयोग र अमर जानकी कन्सल एण्ड वील्डर्स प्रालि ईटहरीको प्राविधिक सहयोगमा भएको तालिम उद्धघाटन कार्यक्रम नगरका प्रमुख लेखा अधिकृत भीमवहादुर खवासको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वोल्ने अधिकांश वक्ताले तालिमबाट प्राप्तसीपलाई डकर्मीले भवन संहिता को न्युनतम कानुनको पालना गराई निर्माण पुर्व नक्सा पास गराएर मात्र कुनै पनि संरचना निर्माण गर्न सुझाएका थिए ।

नगरका ईन्जीनियर कृष्ण राइ र अमर जानकी कन्सलका ईन्जिनीयर सुमन ओलिले डकर्मीले शिवसताक्षी नगरमा निर्माण हुने हरेक संरचनामा जिम्वेवार भएर काम गरे त्यस्ता संरचना ढले, लडे र भत्कीएर कसैको पनि धन जनको क्षती नहुने वताए । कार्यक्रमको संचालन नगरकै कर्मचारी विमल बास्कोटाले गरेका थिए । तालिम मंसिर १६ सम्म संचालन हुने शिवसताक्षी नगरकार्यपालिकाले जनाएको छ । नगरका ११ वटै वडा बाट ३५ जना डकर्मीले तालिममा सहभागीता जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here