लक्ष्मी उप्रेती ।
लैगिक हिंसा विरुद्घको १६ दिने अभियान सोमबारदेखि शुरु भएको छ । हरेक वर्ष २५ नोभेम्वरदेखि १० डिसेम्वरसम्म यो अभियान सञ्चालन हुदैं आएको छ । सन् १९६० मा डोमिनिकन गणतन्त्रका एउटै परिवारका तीन दिदीवहिनीको त्यहाँको तानाशाही सरकारले हत्या गरेको सन्दर्भसंग यो अभियान जोडिएको जानकारहरु बताउँछन् ।
यसवर्षको यो अभियानको प्रमुख नारा ‘समानताको पुस्ताः बलात्कार विरुद्घको एैक्यवद्घता’ भन्ने रहेको छ । सन् १९९९ मा डोमिनिकन गणराज्य तथा अन्य ७४ वटा सदस्य राष्ट्रले नोभेम्वर २५ लाई महिलामाथि हुने हिंसाविरुद्घको दिवसको रुपमा मनाउन राखेको प्रस्तावलाई राष्ट्र संघले स्वीकार गदैं डिसेम्वर १७ मा पारित भएको थियो ।
अहिले नेपालमा पनि १६ दिने अभियान मनाउन थालिएको छ । हाम्रो देशमा पनि यस्ता कार्यक्रम विविधरुपमा मनाइने गरीन्छ । कतै अन्तरक्रिया त कतै छलफल अनि कतै जनचेतनामुलक ¥याली त कतै गोष्ठी र बैठक गरेर । झापामा पनि १६ दिने अभियानका रुपमा धेरै कार्यक्रमहरु हुदैंछन् ।
यस्ता कार्यक्रमहरु गरिरहदा र २५ नोभेम्वरदेखि १० डिसेम्वरसम्मलाई महिलामाथि हुने हिंसाविरुद्घको दिवसको रुपमा मनाइरहदा नेपाली महिला कहिले बोक्सीको आरोप, दाइजो नल्याएको, बहुविवाह, वैवाहिक बलात्कार जस्ता हिंसाबाट पीडित बन्ने क्रम भने रोकिएको छैन् । नाबालिकाहरु आफ्नै संरक्षकदेखि असुरक्षित छन् । छाउपडी, बालविवाह, कुमारी, झूमा, देउकी आदि साँस्कृतिक प्रथाबाट समेत हरेक नारीहरु प्रताडित छन् । तर, जस्तोसुकै हिंसा आम मानव समुदायका लागि सहज हुदैन र सहन पनि सकिन्न् ।
लैगिंकताको दृष्टिले हेर्ने हो भने बोक्सी प्रायः महिलालाई नै लगाइन्छ, बोक्सी भनेर आरोप । यो शक्ति सम्बन्धकै कारणले हो, शक्तिवानले जस्को शक्ति छ उस्ले शक्तिविहिन मान्छेमा लगाउने लाञ्छना हो बोक्सी । हुन त हाम्रो देशमा पनि घरेलु हिंसा सम्बन्धी कानुन भने नभएको होइन । नेपालमा घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ जारी भएपनि प्रभावकारीरुपमा कार्यान्वयन हुन सकेको छैन । अन्य देशको तुलनामा नेपालका महिला कुनै न कुनै विषयामा घरेलु हिंसामा बढी पीडित बन्ने गरेका छन् । महिला अधिकारका क्षेत्रमा क्रियाशील संघ संस्थाले जारी गरेको प्रतिवेदनमा नेपालमा मात्र ८० प्रतिशत महिला घरेलु हिंसाका शिकार भएका छन् ।
भारत , श्रीलंका जापानगरी विश्वका ८० वटा भन्दा बढी मुलुकमा घरेलु हिंसा विरुद्घको छुट्टै विशेष कानुन बनेको छ । तर नेपालमा कानुन बने पनि मजबुतरुपमा कार्यान्वयन नहुँदा यस्ता घटना बढिरहन्छन् । कानुन कार्यान्वयनको पक्ष कमजोर र फितलो हुदा यो समस्या ज्यूँ का त्यूँ छ । यस कारण कानुन बनाएर मात्र हुदैन यसको कार्यान्वयन पक्ष बलियो हुनुपर्छ अनि कानुनसंगै जनचेतना पनि फैलाउन आवश्यक छ ।
देशमा महिला माथि हुने विभिन्न खाले हिंसाका घटना दिन प्रतिदिन जटिल बन्दै गइरहेको छ । यस्ता अभियान वर्षेपिच्छे मनाइरहेपनि प्रतिफल भने अपेक्षा अनुसार प्राप्त हुन सकेको छैन् । लैंगिक तथा सामाजिक असमानता र गरिवीले महिला बेचबिखन हुने गरेका छन् ।
युनिभर्सिटी अफ सेफिल्डका प्राध्यापक पाउल विसेल, प्रोफेसर पदम सिम्खडा र अनुसन्धान सहायक सारा देवकोटाले भारत र खाडी राष्ट्रमा महिला र महिला कामदार बेचविखनको अवस्थाका बारेमा अध्ययन गरी तयार पारेको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । सामाजिक लैंगिक असमानता, महिलालाई अवसरमा कमि, पारिवारीक दवाब, सन्तानको शिक्षा, सामाजिक असमानता, उन्नत जीवनको खोजी, अधिकारमुखी कार्यक्रमको प्रभाव जस्ता कारण दलालमार्फत अवैधरुपमा भारत तथा खाडी मुलुकमा पुग्ने गरेका घटना पनि यहाँ ताजै छ । यसमा स्वयम् महिलाहरु पनि सचेत हुन आवश्यक छ ।
समग्रमा हिंसाका घटना पुरुषमाथि बढी हुन्छन । महिलााके तुलनामा । कुटपिट र हत्या जस्ता जघन्य हिंसाका शिकार भएका व्यक्तिहरुको विश्वभरिको तथ्याङ्क हेर्ने हो भने मारिनेमा पुरुष नै धेरै छन् । तर लिगंकै आधारमा संरचनागत हिंसा वा विभेदका शिकार बढी महिला हुन्छन् । अधिकाँश घरेलु हिंसा मादक पदार्थकै कारण हुने गरेको छ । यस बाहेक बैदेशिक रोजगार, अपरिपक्क प्रेम सम्बन्ध, गरिब, बहुविवाह, व्यक्तिगत चरित्र, मादक पदार्थ सेवन गरी हुने झै झगडा, धाकधम्की यातना नै हिंसाका कारण बन्ने गरेको प्रतिवेदन पनि सार्वजनिक भएको छ ।
हुन त यो मुलुकमा महिला पनि पुरुषमाथि हिंसा गर्नमा कम छैनन् । वषौंवर्षसम्म श्रीमान विदेशमा घामपानी जाडो गर्मी नभनि आफ्ना परिवार सम्झेर कमाउने, यता श्रीमती श्रीमानले त्यसरी कमाएको सम्पति लिएर अर्के संग हिड्ने घटना पनि हाम्रो समाजमा बाक्लै छन् । उता श्रीमान परदेशमा भएका बखत स साना बालबच्चा हुर्काएर जेनतेन गुजरा चलाउदैं आएपनि नेपाली समाजमा भारतबाट फर्केका पतिले उपहारका रुपमा ल्याइदिएको एचआइभी एड्स संक्रमित स्वीकार्ने हजारौं श्रीमती पनि नभएका पनि होइनन् ।
श्रीमानले विदेशमा कमाएको सम्पति लिएर टाप कस्ने महिला अनि श्रीमतीलाई उपहारका रुपमा एचआइभी एड्स संक्रमित लिएर आउने श्रीमान यी दुवै सचेत नहुँने र यिनीहरुमा चेतना नआए कानुन र दिवसको कुनै अर्थ रहदैन् । भनिन्छ बालबालिका तथा महिलाको पहिलो सुरक्षित स्थान घर र विद्यालय हो । तर, पछिल्लो पटक उनीहरुका लागि घर र विद्यालय नै असुक्षित स्थान बन्र्दै आएका छन् । यति खेर सपाङ् महिलामात्र होईन अपाङ् र सुस्त अनि शारीरिक र मानसिक रुपमा अशक्त महिलामाथि समेत यौनहिंसाका घटना दैनिक बढिरहेको छ । सामुहिक प्रयासबाट महिला तथा बालबालिका हिँसा कम हुने धारणा महिला अधिकारकाक्षेत्रमा काम गर्दे आएका अगुवाहरुको छ ।
यसका लागि एकल प्रयास नभई संयुक्तरुपमा कार्यक्रम लैजानुपर्छ । समाजलाई चलायमान बनाउर्दै लैगिंक हिँसामा परेका महिलाहरुलाई उचित राहतको व्यवस्था तथा राहत व्यवस्थापन गरे यस्ता घटना क्रमस कम हुन्छन् । आज एउटी छोरी आफ्नै बाबुबाट बलात्कार भएकी छ, दाजुबाट बहिनी अनि आफैले पढाएकी छात्रालाई शिक्षकले बलात्कार गरेका घटनाहरु प्रश्स्तै छन् । यस कारण महिला या पुरुषमाथि हुने जस्ता सुकै हिंसाका घटना हुन त्यसको अन्त्य गर्न प्रत्येक घर घरबाट शुरु गर्नुपर्छ ।
अझै पनि हाम्रो नेपाली समाजमा छोरो मान्छे कसैलाई पनि नभनी १÷२ महिना बाहिरै हिड्यो र पछि घर फर्केर आए उ प्रति कसैले औला ठड्याउने कोशिस गदैंन तर , छोरी मान्छे त्यसरी नै कसैलाई पनि नभनी सुट्टुकै घरबाट निस्केर आफन्तकहाँ बसेर १÷२ दिन पछि घर फर्किने हो भने उ प्रति शंका उपशंका पैदा हुन्छ । अनेक प्रकारका लाञ्छना शुरु हुन्छन । उ महिला भएकै कारण । वैदेशिक रोजगारीमा जाने कैयौं नेपाली महिला दिनहँु साउदी अरव र कुवेतमा रोजगारदाता र उनका आफ्न्त पुरुषबाट लुटिएका घटना छन् ।
कतिपय काखमा बच्चा लिएर स्वदेश फर्किन्छन् अब भनौ त्यस्ता महिला उनीहरुका घरपरिवार समाजबाट कत्तिको स्वीकारिएका छन् । यसले पनि समाजमा महिला र पुरुषबीचको विभेदलाई प्रष्ट पार्छ । सबै भन्दा समाजले महिला तथा पुरुषलाई हेर्ने यो सोच, हेराई र दृष्टिकोणमा अभियानले परिवर्तन ल्याउन सक्नुपर्छ । हाम्रो जस्तो पितृसतात्मक यो मुलुकमा महिलालाई हेर्ने दृष्टिकोण र महिलामाथि गरिने व्यवहार नै भेदभावपूर्ण रहेको छ ।
छोरी भएकै आधारमा गर्भपतन गर्ने जस्ता क्रियाकलापले गर्दा जन्मनु अघि नै शुरु हुन्छ र उसको हुर्कने क्रम , पहिरनको छनोट, पढाई , विवाह, करियर छनौट, कार्यस्थलमा हुने भेदभाव, , सडकमा हुने बलात्कार, परिवारको बंश धानिदिने दवाबमा शरीर जोखिममा पारेर गर्भकी छोरी पतन गर्नुसम्मका क्रियाकलापले गर्दा मृत्यु पर्यन्त जारी रहन्छ । पितृसतात्मक समाजमा महिलालाई हेर्ने दृष्टिकोण र महिलामाथि गरिने व्यवहार नै भेदभावपूर्ण हुने दाबी महिला अधिकारका क्षेत्रमा क्रियाशील संघ संस्थाले गदैं आईरहेका छन् ।


























