अतिक्रमणमा परेको भूमि फिर्ताका लागि हस्ताक्षर अभियान

0
477

कञ्चनपुर, 

कञ्चनपुरमा कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि हस्ताक्षर अभियान शुरु गरिएको छ । सीमा रक्षाका लागि युवा जागरण अभियान दार्चुलाले हस्ताक्षर अभियान शुरु गरेको हो ।

‘युवा जागौँ, देश बचाऔँ’ भन्ने मूल नारासहित हस्ताक्षर अभियान शुरु गरिएको अभियानका संयोजक मदन गिरीले बताउनुभयो ।

“भारतले अतिक्रमण गरेको भूमि फिर्ताका लागि दबाब सिर्जना गर्न हस्ताक्षर अभियान सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “सङ्कलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँछौँ ।”

मङ्गलबारदेखि शुरु अभियानका क्रममा दश हजार बढीले हस्ताक्षर गरेका छन् । हस्ताक्षर अभियानमा शिक्षक, विद्यार्थी, स्थानीय बासिन्दा, नागरिक समाज, राजनीतिक दलका कार्यकर्ताले सहभागिता जनाएका छन् ।

हस्ताक्षर अभियान सुदूरपश्चिम भरी सञ्चालन गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here