शिवसताक्षीमा लेखा तालिम शुरु

0
1059

शिवसताक्षी ।

शिवसताक्षी नगरपालिकाले वुधबार देखी दुधेको दुधे श्रोत केन्द्र भवनमा लेखा व्यवस्थापन तालिम शुरु गरेको छ । यो तालिमलाई नगरले हालसम्मकै पहिलो र ठुलो भनेर टिप्पणी गरेको छ ।

शिवसताक्षी नगरको आर्थिक सहयोग र सहकारी शाखाको सम्योजनमा ७ दिवसीय सहकारी लेखा तालिम वुधबार देखी शुरु भएको हो । नगरका ५६ विभिन्न प्रकृतीका सहकारी मध्ये ३० वटा सहकारी संस्थाका लेखापाल तथा लेखा समितिका प्रमुखलाई नगरले तालिममा सहभागी गराएको छ ।

लेखा व्यवस्थापन तालिमले सहकारी संस्थाको हिसाब किताब चुस्त र दुरुस्त रुपमा व्यवस्थापन गर्न सघाउ पु¥याउने सहभागीहरुले प्रतिकृया दिएका छन । सहकारी संस्थाको मेरुदण्डको रुपमा रहेको लेखा, हजारौ शेयर धनीको जिवन संग जोडिएको सहभागीले बताएका छन ।

उनिहरुले, सहकारी संस्थाको लेखा महत्वपूर्ण पाटो रहेको समेत वताए । लेखा व्यवस्थापनसम्बन्धी तालिमले संस्थाको आर्थिक गतिविधिहरुलाई सहज रुपमा विकास गर्न सहयोग पुग्ने तालिममा सहभागी नगदेवाली कृषी सहकारी संस्थालका व्यवस्थापक तारा सिग्देलले बताए ।

सहकारी संघ संस्थाहरुको लेखा व्यवस्थापनलाई वैज्ञानिक र पारदर्शी बनाउनका लागि तालिम आयोजना गरिएको शिवसताक्षी नगरपालिकाकी उप प्रमुख तथा तालिम उद्धघाटन सत्रकी प्रमुख अतिथी भोजकुमारी नेपालले बताएकी छन ।
उनले भनिन्,‘संस्थाको लेखा व्यवस्थापनलाई चुस्त र सक्षम बनाउन सके मात्र सहकारी संस्थामा समस्या आउदैन ।’ नगरको लेखा प्रणालीमा एकरुपता कायम गर्नका लागि पनि लेखा तालिम महत्वपुर्ण रहेको उनले वताईन । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न उनले सहभागीलाई आग्रह समेत गरिन ।

सहकारीको लेखा व्यवस्थापन सम्बन्धि तालिम जिल्लाका १५ वटा स्थानीय तह मध्ये शिवसताक्षी नगर पहिलो भएको नगरका सहकारी शाखा प्रमुख बद्री दाहालले बताएका छन । उनले भने, ‘गत वर्ष पनि शिवसताक्षी नगरपालिका जिल्लामा पहिलो भयो, यो वर्ष पनि हाम्रो नगर १ नम्बर भएको छ ।’ अन्य स्थानीय तहले सहकारीको लेखा व्यवस्थापन सम्वन्धि तालिम आयोजना नगरेको उनले बताए ।

तालिममा सहभागी अर्का प्रशिक्षार्थी छिमेकी बचत तथा ऋण सहकारी संस्थाका लेखासमितिका संयोजक यामवहादुर खड्काले तालिमबाट आफूले संस्थाको हिसाब किताबहरु सही ढंगबाट राख्न प्रेरित गर्ने र संस्थाको आन्तरिक लेखा परीक्षणको लागि सहयोग पुग्ने बताए ।

सहकारी संस्थाहरुमा लेखासम्बन्धी ज्ञानको अभावहुँदा केही संस्थाहरुमा समस्या देखीएको ले विधागत प्रमुखले तालिम अनिवार्य लिनुपर्ने आयोजक शिवसताक्षी नगरका निमिक्त प्रमुख प्रशासकिय अधिकृत भिमवहादुर खवासले बताए ।
सहकारीको लेखा आफ्नो अनुहार जस्तै देखीनुपर्ने उनले बताएका छन । छलकपट सहकारीमा मात्र होईन, अन्य आर्थिक कारोवार हुने संस्थामा पनि हुन नहुने उनले बताए । उनले भने, ‘त्यसका लागि लेखा सिक्नुको विकल्प छैन ।’

सहकारीको मासिक आर्थिक प्रतिवेदन निर्माण, अन्तिम खाता व्यवस्थापन, कर व्यवस्थापन, सम्पत्ति विवरण, लेखापरीक्षण प्रतिवेदन विवरण लगायतका विषयहरुमा तालिम सञ्चालन गरिएको शिवसताक्षी नगरको सहकारी साखाले जनाएको छ । कार्यक्रम वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठको अध्यक्षता र सहकारी साखाका प्रमुख बद्री दाहालको संचालनमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here