मोरङ ।
मोरङ बेलबारी नगरपालिका–२ स्थित पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट ७० बर्षीय बलबहादुर लिम्बुको मृत्यु भएको छ।
बिहीबार बिहान पूर्ब तर्फ जादै गरेको ना ६ ख ३७२७ नम्बरको ट्रकले पैदल यात्री तेह्रथुम बसन्तपुर नगरपालिका ४ बस्ने लिम्बुलाई ठक्कर दिदा उनको मृत्यु भएको प्रदेशप्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
ट्रकको ठक्करबाट सक्त घाईते भएका लिम्बुको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।































