नेपालमा जनसंख्या भन्दा १४ लाख बढी बैंक खाता

0
606

झापा ।

नेपालको जनसंख्या भन्दा १४ लाखबढी बैंक खाता रहेको पाइएको छ । २०७६ असार मसान्तमा वाणिज्य बैंक, विकास बैंंक र वित्त कम्पनीमा गरी १४ लाख ४० हजार कर्जा खाता रहेको देखिएको छ ।

२०७५ असार मसान्तमा यस्तो सङ्ख्या १३ लाख एक हजार रहेको थियो । विश्व बैंकका अनुसार सन् २०१७ मा १५ वर्षभन्दा बढी उमेरका ५० प्रतिशत पुरुष र ४२ प्रतिशत महिला गरी औसतमा ४५ प्रतिशत नेपालीको बैंक खाता रहेको छ ।

नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय वित्तीय सेवा र्पुयाउनु केन्द्रीय बैंकको महत्वपूर्ण काम मानिन्छ । ऋणी श्यामसुन्दर श्रेष्ठ शुरु शुरुमा चित्तबुझ्दो गरी सेवाग्राहीलाई रिझाउने र पछि एक वर्ष नपुग्दै कर्जामा चर्का ब्याज वृद्धि र बचतमा कम ब्याज दिएर ग्राहकलाई झुलाइराखेको बताए ।

बैंकको ब्याजमा एकाधिकार रहेको व्यापारी कृष्णसुन्दर माकाजुको भनाइ छ । नेपाल जीवनस्तर सर्वेक्षण २०६६–६७ का अनुसार ४० प्रतिशत घर परिवार ३० मिनेटभित्र वाणिज्य बैंकमा पुग्न सक्ने स्थिति रहेको छ । तर ग्रामीण र शहरी क्षेत्रमा वित्तीय पहुँचमा उच्च भिन्नता देखिएको छ । शहरी क्षेत्रमा ८९ प्रतिशत जनता ३० मिनेटभित्र नजिकको वाणिज्य बैंकको शाखामा पुग्न सक्छन् भने ग्रामीण क्षेत्रमा २७ प्रतिशत जनता मात्र यो समयमा नजिकको वाणिज्य बैंक शाखामा पुग्ने स्थिति रहेको छ ।

एक घण्टाभित्र वाणिज्य बैंक पुग्न सक्ने घरपरिवार तराई क्षेत्रमा ७५ प्रतिशत, पहाडमा ४५ प्रतिशत र हिमालमा १७ प्रतिशत रहेको छ । वाणिज्य बैंकमा पुग्न लाग्ने औसत समय शहरी क्षेत्रमा १६ मिनेट र ग्रामीण क्षेत्रमा १३५ मिनेट रहेको छ ।

सो सर्वेक्षणका अनुसार करीब २० प्रतिशत घर परिवारले मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको देखिएको छ । नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार सन् २०१४ मा कूल वयस्कमध्ये ४० प्रतिशतको बैंक सेवामा पहुँच रहेको देखिएको छ । सर्वेक्षण अनुसार शहरी क्षेत्रका ५६ प्रतिशत र ग्रामीण क्षेत्रका ३६ प्रतिशत वयस्कको बैंङ्किङ सेवामा पहुँच रहेको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here