बाटो हेर्न जाँदा बालकको मृत्यु

0
412

तनहुँ ।

गाउँमा डोजरले बाटो खनेको हेर्न गएका एक बालकको माथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको छ ।

तनहुँको आँबुखैरेनी–५, लेस्थरबाट बरालूबेशी जोड्ने कच्ची सडक खन्ने क्रममा माथबिाट खसेको ढुंगा लागेर बिहीबार स्थानीय मंगल भुजेलका २ वर्षीय छोरा विशाल भुजेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यसै घटनामा क्रममा ढुंगा लागेर स्थानीय ७० वर्षीय बुद्धराम भुजेल र उनका नाति सोमे भुजेल घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । प्रहरीले सडक निर्माण भइरहेको स्थानमा जाँदा सचेत हुन सबैसंग आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here