विद्यार्थीलाई सचेतना

0
588

बिर्तामोड।

सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडको आयोजना तथा सगरमाथा टिन्स क्लब कञ्चन अंग्रेजी मावि बिर्तामोड–७ को सहआयोजनामा लागूऔषध दुव्यर्सनी नियन्त्रण र साइवर क्राइम सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।

सुन्दर सामुदायिक प्रहरी सेवाकेन्द्रका अध्यक्ष उत्तम खनालको अध्यक्षतामा भएको कार्यक्रममा कञ्चन अंग्रेजी माविका प्रिन्सिपल दीपक चम्लागाईले स्वागत गरेका थिए ।

कार्यक्रममा विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीलाई सुन्दर सामुदायिक प्रहरी सेवाकेन्द्रका उपाध्यक्ष सन्जीव चापागाईंले प्रशिक्षण दिएका थिए । उनले विद्यार्थीलाई लागूऔषध दुव्यर्सनबाट बच्ने तरिका तथा साइबर क्राइमले पुर्याउने असरबारे जानकारी गराएका थिए ।

कार्यक्रममा सुन्दर सामुदायिक प्रहरी सेवाकेन्द्रका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक भीमबहादुर गौतम, प्रहरी जवान सुमा न्यौपाने, कार्यसमिति उपाध्यक्ष तारा कार्की, महासचिव लक्ष्मी गौतम, सदस्य तेजमणि प्रसाईं लगायतको आतिथ्य रहेको थियो ।

विद्यार्थीलाई यस्ता गलत कार्यले भविष्य अन्धकार हुनबाट बचाउन कार्यक्रमको आयोजना गरिएको सगरमाथा टिन्स क्लबका नायक शिक्षक डिल्लीराम चम्लागाईले जानकारी दिए । कार्यक्रमको सञ्चालन सगरमाथा टिन्स क्लवका सदस्य रोजलकुमार सेढाईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here