महिला हिंसाविरुद्ध शून्य सहनशीलतामा जोड

0
948

बिर्तामोड।

झापाको बिर्तामोडमा शुक्रवार भएको छलफलका सहभागी महिला नेतृहरुले कक्षा ८देखि १२सम्मका छात्राहरु यौनजन्य तथा अन्य हिंसाको चपेटामा परेको बताएका छन् ।

उक्त उमेर समूहका छात्राहरुले आफूमाथि भएको हिंसा बारे आफ्ना आमाबुबा तथा अरु कसैलाई पनि नभन्ने गरेका कारण हिंसाका घटना बढ्दै गएको बताइन्छ । कतिपय अवस्थामा शिक्षक, आफन्तजन, छिमेकी, साथीभाइबाटै हिंसाको चपेटामा पर्ने गरेको उनीहरुले बताएका छन् ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेका बेला उनीहरुलाई आफूमाथि परेको पीडा र हिंसा बारे अरुलाई भन्न सक्ने वातावरण तयार गरिदिनुपर्नेमा महिला नेतृहरुले जोड दिए ।

महिला नेतृहरुको जोड थियो– ‘अब हरेक महिलाले म हिंसा सहन्नँ भन्ने प्रतिबद्धताका साथ अघि बढेर हिंसाबिरुद्ध शून्य सहनशीलताको विकास गर्नुपर्छ ।’ हिंसा न्यूनीकरणका लागि पुरुषहरुलाई पनि प्रशिक्षण दिनुपर्नेमा उनीहरुले सुझाव दिएका छन् ।

नेकपाकी प्रदेश सदस्य सरु न्यौपाने लक्ष्मी, संघीय समाजवादी पार्टीकी पुष्पा लिम्बू, महिला सुरक्षा दबाब समूहकी अध्यक्ष शारदा रिजाल, नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल बिमली, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, नेपा गनगाई कल्याण परिषद्की केन्द्रीय सहकोषाध्यक्ष द्रौपदी गणेश लगायतले महिला हिंसा न्यूनीकरणका लागि अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here