गौरीगञ्ज।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले गौरीगञ्जलाई विकास निर्माणको उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी गौरीगञ्जले शुक्रवार आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बौल्दै उनले यस्ता बताएका हुन् ।
कार्यक्रममा मन्त्री कार्कीले गौरीगञ्ज गाउँपालिकाको ६ वटै वडाको प्रत्येक वडालाई ५÷५ करोड रूपैयाँ वजेट विनियोजन गर्ने बताए । हुलाकी सडक २ वर्षभित्र पिच बाटो हुँदै विराटनगरसम्म पुग्ने उनले बताए ।
मन्त्री कार्कीले गौरीगञ्जको शान्ति सुरक्षालाई ध्यान दिएर इलाका प्रहरी कार्यालयलाई नयाँ गाडी उपलब्ध गराउने बताउँदै आदिवासीहरूको बाहुल्य रहेको गौरीगञ्ज गाउँपालिकामा महिलाहरूलाई सिप विकास गर्ने गरी स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न आफैं लागीपरेको बताए ।
मन्त्री कार्कीले गौरीगञ्जदेखि अल्तावारी बाटो निर्माण कार्यमा गुणस्तरमा ठेकेदारले कहींकतै कमजोरी ग¥यो भने आफूलाई जानकारी गराउन आग्रह गर्दै सिमसार, विजुली, बाटो, खानेपानी, टेलिफोन टावर, पुल, कृषि बजार, बस पार्क, सिञ्चाई लगायतका विकास निर्माण कार्यहरू २÷३ बर्षभित्रमा पूरा हुने बताए । कार्यक्रममा मन्त्री कार्कीले आफ्ना नेता तथा कार्यकर्तालाई वडा तथा क्षेत्रका विकास निर्माणका कामहरू चैत महिनाभित्र पेश गर्न आग्रह गरे ।
प्रदेश सांसद झलक सिंह दर्लामीले गौरीगञ्ज गाउँपालिकामा जनता आवास कार्यक्रम अन्तरगत १२ वटा घर गरीब तथा विपन्न परिवारको लागि निर्माण भइरहेको बताए । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका सांसद दर्लामीले नदी तटबन्धको लागि २० लाख वजेट बिनियोजन भइसकेको बताउदै गौरीगञ्ज वार्ड नं. १ र २ को विकास निर्माणमा आफू कुनै कमी नराख्ने प्रतिवद्वता जनाए ।
कार्यक्रमका अर्का विशिष्ट अतिथि तथा संविधानसभा सदस्य दीपक कार्कीले गौरीगञ्जमा भएको विकास जति गौरादहमा पनि नभएको बताए । इलाका प्रशासन कार्यालय, स्मार्ट सिटी, सिंचाई, हुलाकी सडक, पुल सरकारकै पहलबाट अघि बढेको बताउँदै कार्कीले यहाँका जनताले त्यत्रो ठूलो विकास नदेखेको टिप्पणी गरे ।
सांसद कार्कीले सरकारका मन्त्री, सांसद कार्य व्यस्तताका कारण जनताको आवश्यकता कहींकतै छुट्यो भने आफू कहाँ आउन आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी गौरीगञ्जका अध्यक्ष विद्यानन्द राजवंशीले कमिटीको तर्फबाट प्रमुख अतिथि मन्त्री कार्कीलाई गौरीगञ्जको समग्र विकास निर्माणका लागि बजेट विनियोजन गर्न ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा गौरीगञ्जभित्र रहेका पुल, बाटो, टेलिफोन टावर, सिञ्चाई, बसपार्क निर्माण, खानेपानी, बिजुली, सिमसार, झोलेङ्गे पुल निर्माण, जनता आवास कार्यक्रम, सिप विकास कार्यक्रमलगायतका विषयहरू समेटिएका छन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी गौरीगञ्ज–१ वडा इञ्चार्ज गोविन्द कँुवर, २का वडा सचिव आनन्द राजवंशी, वडा नं. ३का राजेन्द्र राई, वडा नं. ४का अध्यक्ष सन्तलाल ताजपुरिया, वडा नं. ५ का वडा इञ्चार्ज धनबहाधुर थापा, वडा नं. ६का सहइञ्चार्ज कृष्ण महतो, महिला नेतृ मोनिका राईले वडाहरूको विकास निर्माण कार्यमा मन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए ।
नेकपा गौरीगञ्जको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता राजवंशीले गरेका थिए । कार्यक्रममा स्वागत नगेन्द्र डाँगीले गरेका थिए भने सञ्चालन विष्णु न्यौपानेले गरेका थिए ।
























