कर्णालीमा यस्तो पठन संस्कृति

0
1891

गंगाराम गड्तौला,

१० बजे घण्टी लाग्छ । घण्टीले प्रार्थना सभामा जाऊ भन्छ । त्यसअघिको समय शून्य समय । १० बज्न अझै १५ मिनेट बाँकी छ । त्यही समयको सदुपयोग गर्दै विद्यार्थी भेला भएर पढ्न थाल्छन् । उनीहरुको विषय कक्षामा शिक्षकले सोध्ने प्रश्न, पढाइने पाठ र अन्य विषय जे पनि हुन सक्छ ।

बुधबारेस्थित कर्णाली एजुकेशन फाउन्डेशनमा हरेक दिन बिहान देखिने दृश्य हो । त्यहाँका विद्यार्थी स्व–अध्ययन गर्छन् । उनीहरुलाई पढ्न कसैले दबाब दिँदैन । निर्देशन पनि छैन । उनीहरू स्वयम् परिचालित छन् । आ–आफ्नो समूह बनाएर विषय छान्छन् अनि पढ्छन् । बिहान साढे ९ मै भेला हुने उनीहरूको पूर्व सल्लाह हुन्छ । यो क्रियामा कक्षा २ देखि ७ कक्षासम्मको सहभागिता बढी छ । उनीहरु छलफल गर्छन्, प्रश्नोत्तर गर्छन्, लेख्छन् पनि ।

हामीले उनीहरूलाई यसका लागि दबाब दिएका छैनौं । अभिप्रेरित भने अवश्य ग¥यौं । तर, अभिप्रेरणा मौखिक भने होइन । यो उनीहरूको ‘बेसिक लेभल’ हो । यसबेला सुनाइ, बोलाइ, पढाइ र लेखाइका चारै सीपको आधारभूत विकास हुनुपर्ने । यस अवस्थामा उनीहरूको भविष्यको आधार तयार हुन्छ । अध्ययनको भोक जगाउनुपर्ने । बानी बसाउनुपर्ने । अभ्यस्त बनाउनुपर्ने । स्वच्छ, सफा र निर्मल बिहानी तयार गर्नुपर्ने ।

केही समयदेखि हामीले यसको उपाय सोच्यौं । विद्यार्थीलाई निर्देशनात्मक वा आदेशात्मक रूपमा पढ्न बाध्य बनाइनु हुन्न भन्ने कुरामा हामी सचेत छौं । उनीहरूलाई कसरी स्वतःस्फूर्त अध्ययनको बानी पार्ने ? यही विषयमा सोच्दा हामीले एउटा उपाय देख्यौं । बालबालिकाले हाम्रो नक्कल गर्छन् । उनीहरू त्यो गर्दैनन् जे हामी भन्छौं । तर, त्यो चाहिँ गर्छन् जे हामी व्यवहारमा देखाउँछौं । हामीले उनीहरूका अगाडि असल र अनुकरणीय व्यवहार गर्नुपर्छ भन्नेमा त हामी सचेत छौं नै । तर, पठन संस्कृतिको विकासका लागि के गर्ने त ? उनीहरूलाई कोर्ष वा कोर्ष बाहिरका कुरा अध्ययन गर्ने बानी कसरी पार्ने त ?

हामीले निर्णय ग¥यौं पढ्ने । सामूहिक पढाइ । कक्षा १ सम्मको छुट्टी चाँडै हुन्छ । त्यसपछिको समयमा उक्त तहमा शिक्षण गर्ने सम्पूर्ण शिक्षक, प्रिन्सिपल सबै एकै ठाउँमा बसेर सामुहिक अध्ययन गर्ने । यसो गर्दा हामीले शिक्षण विधिका पुस्तक पढ्यौं । शिक्षक सम्बन्धित विषयका पुस्तक पढ्यौं । छलफल ग¥यौं । व्यवहारमा कसरी ल्याउने ? चर्चा ग¥यौं । भोलि यसो गर्ने भनेर योजना बनायौं । त्यसै ग¥यौं । भोलिपल्ट के उपलब्धि भयो, अनुभव बतायौं । आज पनि हाम्रो कार्य जारी छ । हामी करिब ३ बजेदेखि ४ बजेभित्रको एक घण्टाको अवधि अध्ययनमा बिताउँछौं । २–३ कक्षाका विद्यार्थीले हामी के गर्दैछौं, देख्छन् ।

१५ दिन जति हामीले छलफल गरेपछिको एकदिन बिहान साढे ९ मा केही साना विद्यार्थी देखापरे स्कूलमा । बाहिर राखिएका बेञ्चहरूमा उनीहरू बसेका थिए । हातमा पुस्तक थियो । फररर आवाज निकालेर पढे । एकछिनमा सोधासोध खेले । हामीले परबाट अवलोकन मात्रै ग¥यौं । उनीहरू जे पढुन्, जसरी पढुन्् । त्यसलाई अभिप्रेरित गर्नुपर्छ भन्नेमा हामी सचेत रह्यौं । अहिले करिब एक सय ५० जना विद्यार्थी बिहान साढे ९ बजेतिर स्कूल आउँछन् र पढ्न थाल्छन् । प्रार्थना सभाको घण्टी लागेपछि पुस्तक–कापी कक्षामा राखेर लाइनमा जान्छन् ।

अब हामीलाई यो पठन संस्कृतिको निरन्तरता कसरी गर्ने भन्ने चिन्ता छ । हामीले उनीहरूको त्यो अभिरुचिलाई उपेक्षा ग¥यौं भने यो मात्र इतिहास बन्ने छ । तर, यसलाई निरन्तरता दिन सक्दा आज हरेक अभिभावकमा देखिएको निराशा कम हुने देखिन्छ । बिस्तारै हराएको पठन संस्कृतिलाई पुनः ब्युँताउन सकिन्छ ।

(गड्तौला, कर्णाली एजुकेसन फाउण्डेशन, बुद्धशान्तिका प्राचार्य हुन्)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here