च्याउ खेती तालिम

0
1473

बिर्तामोड।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले च्याउ खेती प्राविधिक दुई दिने तालिम सम्पन्न गरेको छ ।

महिलाहरुलाई आयआर्जन तथा व्यवसायी बनाउने उद्देश्यले आयोजित तालिममा संस्थाका ३२ जनाको सहभागिता रहेको सहारा नेपाल लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारती जानकारी दिए । शुक्रवार र शनिवार झापाको अर्जुनधारा–५ लक्ष्मीपुरमा भएको तालिमको सहजीकरण कृषि विकास कार्यालय झापाका पूर्व वाली संरक्षक अधिकृत राजेन्द्र खरेल र सहारा नेपालका कृषि प्राविधिक लक्ष्मी भण्डारीले गरेका थिए ।

च्याउमा पाइने र्याटिन पोषण पदार्थले क्यान्सरसँग लड्ने क्षमता बृद्धि गर्ने उनीहरुले सहभागीहरलाई जानकारी दिएका थिए । माछा, मासु तथा अन्य गेडागुडीमा नपाइने पोट्रिन च्याउमा पाइने भएकाले च्याउ सेवन गर्न आवश्यक रहेको समेत जानकारी गराइएको थियो ।

जाडो मौसम च्याउ उत्पादनका लागि उपयुक्त भएको पूर्व वाली संरक्षक अधिकृत राजेन्द्र खरेलले बताएका छन् । उनले ३५ रुपैयाँको वीऊले २ हजारसम्म कमाई गर्न सकिने बताउँदै खरेलले घरमा थोरै ठाउँमा पनि च्याउ खेती गर्न सकिने बताए ।
तालिममा अर्जुनधारा ५, बिर्तामोड २ र ३, कनकाई ८ र ९ र बाह्रदशीका सदस्यहरुको सहभागिता रहेको थियो ।

समापन कार्यक्रम च्याऊ व्यवसायी दुर्गादेवी भट्टराईको अध्यक्षता तथा सहारा नेपाल लक्ष्मीपुर सेवा केन्द्रका सहयोग समिति संयोजक केदार शम्शेर गिरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सहभागीको तर्फबाट नरप्रसाद शिवाकोटीले आफ्नो भनाइ प्रस्तुत गरेका थिए । तालिममा सहभागीहरुलाई उपहार स्वरुप च्याउको वीऊ समेत प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here