टिसोल–नेल्टा क्षेत्रीय सम्मेलन २०१९-शिक्षणमा थप आयाम

0
874

पूर्णबहादर कटुवाल,

अमेरिकामा प्रधान कार्यालय रहेको विश्वभरका अंग्रेजी भाषा शिक्षकहरुको अन्तर्राष्ट्रिय छाता संगठन टिसोल (त्भबअजष्लन भ्लनष्किज ायच तजभ क्तष्अपभच या यतजभच ीबलनगबनभ (त्भ्क्इी) र नेपाल अंग्रेजी भाषा शिक्षक एसोसियसन, नेल्टा (ल्भउब िभ्लनष्किज ीबलनगबनभ त्भबअजभचक ब्ककयअष्बतष्यल( ल्भ्ीत्ब्) को संयुक्त आयोजनामा मंसीर ४ गतेदेखि ७ गतेसम्म ललितपुरको डीएभी कलेजमा क्षेत्रीय सम्मेलन सम्पन्न भयो । टीसोलले हरेक वर्ष क्षेत्रीय स्तरमा विश्वका सबै महादेशमा यस्तो सम्मेलन गर्दै आएको छ । केन्द्रीय कार्यालयमै आयोजना हुने सम्मेलनलाई केन्द्रीय सम्मेलन र प्रत्येक महादेशमा हुने सम्मेलनलाई क्षेत्रीय सम्मेलनको नाम दिइएको छ ।

एशिया महादेशमै पहिलो पटका यस्तो सम्मेलन नेपालमा आयोजना भएको हो । यो नेपाली अंग्रेजी शिक्षकहरुका लगि ऐतिहासिक कार्यक्रम नेपालमा पुनः आयोजन हुने छैन । त्यसैले यो सम्मेलनलाई दक्षिण एशियाकै गौरवशाली कार्यक्रमका रुपमा लिइएको छ । यस सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, अमेरिका, वेलायत बंगलादेश, चीन, श्रीलंका लगायत विश्वका २६ देशका एक सय ७२ जना अंग्रेजी भाषा विशेषज्ञहरुले विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरेका थिए । अंग्रेजी भाषाका वर्तमान चुनौति र शिक्षणमा यसको नवीनतम् प्रविधिमूलक प्रयोगको तरिका र प्रणााली विषयमा कार्यपत्रहरु केन्द्रीत रहेका थिए । तीन दिनसम्म विभिन्न शेसनमा सञ्चालन भएको सो कार्यक्रममा नेपालका दुई हजारभन्दा बढी अंग्रेजी भाषा शिक्षकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रा. डा. एलान माले, डा. वीली ए. रेनान्डा, प्रो.डा. लिया डी कामीसेतेन, प्रो. डा. जयराज अवस्थी, रायन व्रक्स, प्रो.डा. विष्णुसिंह राई, प्रो.डा. अभि सुवेदी, जेनिफर व्रुचले कि स्पीच प्रस्तुत गरेका थिए भने डा. तमास किस, प्रो.डा. एरिफा रहमान, डा.रम्नीता साइनी शार्दा, कर्टिस एम. चान, प्रो.डा. गोविन्दराज भटराई, डा. जोवन इलिक, पो.डा. रिचमण्ड स्टोप, डा. गंगाराम गौतम, डा. गोपालप्रसाद पाण्डे, हेमन्तराज दाहाल, विश्वराज गौतम, प्रा.डा.जाकिया सरवार, प्रा.डा. अइमेन इल्शेख, ड्याभिड पेरोडिन, डा.जे.एन पटील, डा. जोसुफा जोजेइन र प्रा.डा. लक्ष्मण ज्ञवालीले प्लेनरी स्पीच प्रस्तुत गरेका थिए भने अन्य विशेषज्ञले कन्करेन्ट शेसन सञ्चालन गरेका थिए ।

टिसोल नेल्टा सम्मेलनको उपलब्धि

नेपाल जस्तो विकासोन्मुख मुलुकमा अंग्रेजी भाषाको शिक्षणमा देखिएका समस्या निराकरण गर्न मात्र होइन सम्मेलन विश्व र क्षेत्रीयस्तरमा अंग्रेजी भाषा प्रवद्र्धन गर्न समेत सहायक सिद्ध भएको छ । विश्वमा आ–आफ्ना देशको मातृभाषाको संरक्षण र सम्वद्र्धन गर्दै दोस्रो भाषाको रुपमा विकसित बन्दै गरेको अंग्रेजी भाषालाई कसरी सही ढंगले शिक्षण गरी एकरुपता कायम गर्न सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रीत भएको छ । निरन्तर बढ्दै गएको विज्ञान र प्रविधिको विकासलाई ग्लोवलाइजेशनको युगमा शिक्षणसँग जोड्न वातावरण र पर्यावरण अनुकुलित प्रविधिमैत्री शिक्षणमा जोड दिनुपर्नेमा समेत सम्मेलन फलदायी र उपलब्धिमूलक बनेको छ ।

शैक्षिक क्रान्तिमा पारिस्थितिक प्रणाली, सिकारुको दृष्टिकोण, भाषा शिक्षणका तरिका, शिक्षणमा विश्वव्यापी मुद्दा, डिजिटल प्रविधि र शिक्षा शिक्षण, कक्षा शिक्षण पद्धती लगायत दर्जनौं विषयमा सम्मेलन प्रस्तुत कार्यपत्र केन्द्रित रहे । यी विषयमा विज्ञद्वारा प्रस्तुतिले अंग्रेजी भाषाको शिक्षण मात्र होइन कि शिक्षणको वर्तमान अवस्थालाई प्रविधिमा जोड्नुपर्ने र यसले मात्र सिकाइलाई पूर्णता दिन सक्ने विश्वास लिइएको छ ।

सम्मेलनले अंग्रेजी भाषा शिक्षकलाई परम्परागत शिक्षणशैलीलाई परिवर्तन गर्नुपर्छ र प्रविधिमैत्री कक्षाकोठाको शिक्षणले मात्र सिकारु अभिप्रेरित गर्न सकिन्छ भन्ने पाठ पनि सिकाएको छ । अव्यवस्थित कक्षाकोठा, पुरातन शिक्षणशैली, शिक्षणका बाधक छन् । तिनलाई परिमार्जित गरी सिकारुलाई मनोवैज्ञानिक रुपबाट विश्वमा विकास भएका शिक्षण सिकाईशैली, प्रविधिका उच्चतम् प्रयोग, वातावरण र पर्यावरण सन्तुलित सिकाई, नवीनतम् कला, प्रदर्शन लगायतका पद्धतीले मात्र सिकारुले समयसापेक्ष ज्ञान आर्जन गर्न सक्ने उद्घोष सम्मेलनमा प्रस्तुत कार्यपत्रका निष्कर्ष रहेका छन् ।

टिसोल नेल्टा क्षेत्रीय सम्मेलन २०१९ नेपालका अंग्रेजी भाषा शिक्षकहरुका लागि शिक्षण प्रवेशद्वार सावित भएको छ । सम्मेलनले छोटो समयमा सबै दिन नसके पनि मार्ग प्रसस्त गरेको छ । शिक्षण कलाको कुन द्वारबाट प्रवेश गरे सिकारुको सिक्ने क्षमतासम्म पुग्न सकिन्छ भन्ने विषयलाई सम्मेलनले प्रष्ट्याएको छ । सम्मेलनले निर्दिष्ट गरेका विषयवस्तुलाई आधार बनाएर नेल्टा अघि बढ्न सक्ने नेपालका शिक्षकहरुमा सिकाई शैलीलाई प्रविधिमैत्री बनाउन कुनै कठिनाई छैन भन्ने पाठ पनि सम्मेलन सिकाएको देखिन्छ । नेल्टाले पनि सर्वपक्षीय सम्मति र सहयोगमा अघि बढ्न शिक्षण सिकाईमा परिवर्तन आउन सक्ने देखिन्छ ।

नेल्टा झापाको उपस्थिति, यात्रा र लक्ष्य

२०७३ साल असार १७ गते नेल्टा झापाको विधिवत् रुपमा स्थापना भएको हो । स्थापनाको साढे तीन बर्षमा नेल्टा झापाले मुलुकमा मात्र नभई टिसोलसम्ममा नै आफ्नो पहिचानलाई गर्विलो बनाएको छ । स्थापनाको छोटो अवधिमै जिल्लामा विविध शैक्षणिक गतिविधिमा सक्रिय रहेको झापा नेल्टाले यसपटक नेपालमै आयोजना भएको अन्तर्राष्ट्रिय सम्मेलनमा समेत आफ्नो प्रस्तुति र उपस्थितिलाई गहकिलो बनायो । एशिया महादेशमै पहिलो पटक नेपालमा आयोजना भएको यस क्षेत्रीय सम्मेलनमा ५९ जना झापाली अंग्रेजी भाषा शिक्षकले सहभागी हुने अवसर प्राप्त गरे ।

यसमध्ये सात जनाले कनकरेन्ट शेसनमा विदेशी विज्ञ सो सरह नै फरक–फरक विषयमा कार्यपत्र प्रस्तुत गरे । जसले विश्व मञ्चमा नै स्याबासी मात्र पाएन, विभिन्न मुलुकको शिक्षा प्रणाली सुधारमा समेत नयाँ आयाम थप्यो । यो झापाली अंग्रेजी भाषा शिक्षकहरुको शिक्षण कलाको नमूना समेत बन्यो । विश्वका २६ मुलुकका विज्ञ प्रतिनिधिमाझ झापाली नेल्टा आवद्ध शिक्षकको सहभागिताले नेल्टा झापालाई अझ थप ऊर्जासहितको जिम्मेवारी वहन गर्ने अवसर मिलेको छ । सम्मेलनको ऊर्जा र नेल्टालाई यस गौरवशाली ऐतिहासिक सम्मेलनसम्म पुर्याउन सहयोग गर्ने झापाका स्थानीय तह, विद्यालय र सरोकारवालहरु धन्यवादका पात्र बनेका छन् ।

२०७३ सालमा शिक्षक धर्मेन्द्र भट्टराईको संयोजकत्वमा गठित १५ सदस्यीय नेल्टा कार्यसमिति अहिलेसम्म सक्रियतापूर्वक विभिन्न शैक्षिक गतिविधिमा सक्रिय बन्दै आएको छ । झापा नेल्टाले साढे तीन वर्षको छोटो अवधिमा तीन सयभन्दा बढी शिक्षकलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी गराइसकेको छ भने जिल्लामा हालसम्म १२ वटा शिक्षक तालिम आयोजना गरी पाँच सयभन्दा बढी शिक्षकलाई अंग्रेजी भाषा शिक्षणका विभिन्न विषयमा तालिम दिइसकेको छ । शिक्षणलाई आधुनिकीकरण गर्न उद्यत् रहेको नेल्टाका १३० जना आजीवन सदस्य रहेका छन् । समयसापेक्ष शिक्षण गर्न सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको नेल्टाले सवै सामुदायिक तथा संस्थागत विद्यालयमा गुणस्तरीय प्रविधिमैत्री सेन्टर निर्माण गरी नयाँ प्रविधियुक्त सिकाई सञ्चालन गर्ने योजना अनुरुप १० वटा स्थानीय तह समक्ष प्रस्ताव पेश गरी स्वीकृति लिइसकेको छ ।

सामुदायिक तथा संस्थागतलाई समान दृष्टिले हेर्ने नेल्टासँग झापाका कक्षा नर्सरीदेखि क्याम्पसस्तरसम्म अध्यापन गरे एक हजार छ सय अंग्रेजी भाषा शिक्षण गर्ने शिक्षकको तथ्यांक रहेको छ । अहिलसम्म स्थानीय तहसँग कै सहकार्यमा विभिन्न विषयका विज्ञ प्रशिक्षक उत्पादन गरिसकेको छ । यसका लागि नेल्टाले यसअघि अमेरिका, बेलायत लगायत अन्तराष्ट्रियस्तरका विज्ञ झिकाई शिक्षक तालिम समेत सञ्चालन गरिसकेको छ ।

अंग्रेजी भाषा शिक्षकलाई लक्षित गरी विभिन्न तालिम सञ्चालन गर्दै आएको नेल्टा, झापाले अष्ट्रेलियाबाट आइसीटी ट्रेनर झिकाइ तालिम समेत दिइसकेको छ । यस्तै नेल्टाले गरेका उल्लेखनीय कार्यहरुमा शिक्षक तालिमका अतिरिक्त बिर्तामोड नगरपालिकाभित्रका पाँच वटा सामुदायिक विद्यालयका कक्षा ३, ४, ५ मा सफ्टवेयर तयार गरी शिक्षण गर्न शुरु गरिसकिएको छ । अंग्रेजी भाषा शिक्षकको पेशागत वृत्ति विकासका लाािग अन्तर्राष्ट्रिय मान्यता दिलाउने कार्य समेत भइसकेको छ । नेल्टाले निकट भविष्य मै प्रत्येक पालिकाबाट पाँच–पाँच जनाको दरले सबै विषयको प्रशिक्षक तयार गर्ने, अंग्रेजी भाषा सम्मेलन गनर्,े अंग्रेजी भाषाको जर्नल प्रकाशित गर्ने समेत लक्ष्य लिएको नेल्टाले न्युज लेटर प्रकाशन गरिसकेको छ ।

यसपटकको क्षेत्रीय सम्मेलनमा झापाबाट ५९ जना शिक्षकको सहभागिता रहेको थियो । सात वटा स्थानीय तहले तीनदेखि पाँच जना शिक्षकलाई सम्मेलनमा सहभागी हुन आर्थिक सहयोग गरेका छन् । जस अन्तर्गत बिर्तामोड, अर्जुनधारा, कनकाई, शिवसताक्षी, हल्दिवारी, गौरीगञ्ज, दमकले ३६ जना शिक्षकलाई सहभागी गराएका छन् । स्थानीय तहको सहकार्यमा अघि बढेको नेल्टा आगामी दिनमा जिल्लाका सबै पालिकासँग समन्वय गरी अंग्रेजी भाषा शिक्षणलाई गुणस्तरीय बनाउन खोजेको योजना अत्यन्त सरहानीय देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here