उपनिर्वाचन : प्रदेशसभामा कांग्रेसले खाता खाेल्यो, भक्तपुरमा भँडेल विजयी

0
426

भक्तपुर,

भक्तपुर क्षेत्र नं. १(क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन्। उनले १३४४८ मत पाए भने नेकपाका उम्मेदवार डि पि ढकालले ११२०६ मत ल्याए।

भँडेलले ढकाललाई २ हजार २ सय ४२ मतान्तरले पछाडि पारे। यो क्षेत्रमा यसअघि तत्कालिन वामगठबन्धनबाट नेकपा एमालेका हरिशरण लामछिाने १२ हजार ७ सय ८९ मतका साथ जित हासिल गरेका थिए।

सो निर्वाचनमा नेपाली कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७, नेमकिपाका निरज लवजूले ७ हजार १९, नेकपा माओवादी केन्द्रका डि पि ढकालले ७ सय ८४, विवेकशिल साझा पार्टीका कालीचरण कार्कीले ७ सय ८३, राप्रपाका मुकुन्द कार्कीले ४८५ मत प्राप्त गरेका थिए।

प्रदेश सांसद लामिछानेको गतवर्ष बैशाखमा मस्तिष्घातका कारण निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको हो।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here