भद्रपुर ।

भद्रपुर नगरपालिका ९ का अति बिपन्न ७० घरपरिवारलाई शनिवार एक कार्यक्रमका बीच जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ।
मुना सामुदायिक भवनको सभाहलमा आयोजित कार्यक्रममा भद्रपुर जेसिज ,चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह तथा भद्रपुर नगरपालिका ९ नम्बर वडा कार्यालयले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत ७० घरपरिवारलाई एक थान ब्लाङकेट , स्विटर र ट्राजर वितरण गरेका हुन । सो घरपरिवारलाई करिब १ लाख ७० हजार मूल्य बराबरको जाडोमा कपडा वितरण गरिएको हो ।
भद्रपुर जेसिजका सन २०१९ का अध्यक्ष अनुज खतिवडाको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरकी उपमेयर चन्द्रमाया श्रेष्ठ, नेकपाका नगर इञ्चार्ज असारु राजवंशी , नेकपा भद्रपुरका नगर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली काङ्ग्रेसका लावण्यकुमार पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिरा प्रसाद पोखरेलले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन जेसिजका महासचिव डिल्लीराम पोखरेलले गरेका थिए ।





























