सिंहवाहिनी शक्तिपीठमा पद्म महापुराण शुरु

0
742

अर्जुनधारा ।

झापाको अर्जुनधारा–४ रातेखालस्थित सिंहवाहिनी देवी भद्रकाली शक्तिपीठमा १८औं वार्षिक अनुष्ठानकोरुपमा आइतबारदेखि पद्म महापुराण धन धान्याञ्चल ज्ञान महायज्ञ शुरु भएको छ ।
शक्तिपीठ व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा आयोजित महापुराणको प्रमुख अतिथि अर्जुनधारा–४ वडा समितिका अध्यक्ष दुर्गाप्रसाद दाहालले उद्घाटन गरेका थिए ।

त्यसैगरी महापुराणको गल्ला उद्घादन यामबहादुर अधिकारी, धान्याञ्चल उद्घाटन तिलक भण्डारी र भूमी उद्घाटन अमृत बुढाथोकीबाट भएको समितिकी कोषाध्यक्ष कोशी राईले जानकारी दिइन् ।

यही मंसिर २६ गतेसम्म सञ्चालन हुने महापुराणको प्रमुख वाचक पण्डित होमनाथ खनाल र उपावाचकत्रय पण्डितहरु अनुप खनाल, वालकृष्ण दाहाल र विवेक अधिकारी रहेका छन् । शक्तिपीठको लागि आवश्यक भूमी विस्तारसँगै शक्तिपीठ परिसर घेराबारा गर्ने समितिको लक्ष्य रहेको छ ।

कार्यक्रममा नगर प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौला, दहीझोडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खगेन्द्रकुमार सुब्बा, हरियाली महिला समूहकी संयोजक सरीता राई, हामी ३८ से समूहका संयोजक शेखर प्रधान, नवदुर्गा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र पौड्याल, विन्ध्यावासिनी मन्दिर व्यवस्थापन समितिका सचिव प्रेम कार्की, समाजसेवी खड्ग ताम्लिङलगायतको आतिथ्यता रहेको थियो ।

महापुराण आयोजक समितिका सहसंयोजक तुलसी श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन तोया ओलीले गरेका थिए । महापुराण उद्घाटन अघि स्थानीय संघ–संस्थाहरुको सहभागितामा कलश यात्रा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here